२०८३, १३ असार शनिबार
×

ट्रेन्डिङ

करिश्माले छाडिन् बाबुराम भट्टराईको साथ

1418 Shares
Spread the love

नेपाली सिनेमा क्षेत्रमा काम गर्दा गर्दै नयाँ शक्ति पार्टीमार्फत राजनीतिमा प्रबेश गरेकी चर्चित नायिका करिश्मा मानन्धरले अब पार्टी छाड्ने संकेत गरेकीछिन् । नयाँ शक्ति र संघिय समाजवादी फोरमबीच पार्टी एकता भएपछि पार्टीभित्र उनको भुमिका र अस्तित्व बारे खुबै चर्चा भएको थियो । पार्टी एकिकरण कार्यक्रममा समेत उपस्थित नभएकी करिश्माले डा बाबुराम भट्टराईको सिद्धान्तबाट आफु निकै प्रभावित भएको भन्दै तत्कालीन नयाँ शक्तिमा सुरुवाती चरणबाट नै प्रबेश गरेकी थिईन् । तर पार्टी एकिकरणपछि उनी सेलाएको चर्चा हुन थालेको छ ।

हुन पनि हो नत उनी नयाँ पार्टीभित्र उनको भुमिका सार्वजनिक भएको छ नत उनी एकिकरणको कार्यक्रममा नै सहभागी बनिन् । सम्भवत उनलाई यो एकिकरण मन नपरेको पनि हुन सक्छ तर उनले नयाँँ शक्ति र फोरम एकीकरणपछि जे स्थिति बनेको छ, त्यो राम्रो सन्देश भएको नयाँ पत्रिका दैनिकसंगको कुराकानीमा बताएकीछिन् । उनले भनिन् “नयाँँ शक्ति र फोरम एकीकरणपछि जे स्थिति बनेको छ, त्यो राम्रो सन्देश हो । सबै क्षेत्र समेटेकोमा खुसी लागेको छ । पहिचानलाई समेट्नेभन्दा पनि सम्बोधन गर्ने हो । तर, म नयाँ पार्टीमा सामेल हुनैपर्छ भन्ने छैन । आफ्नो धारणा त आफैँ बनाउन सकिन्छ नि ! अहिले बनेको समाजवादी पार्टीबारे खासै बोल्न मन छैन । राम्रो छ, यत्ति लेख्नु न” ।

नयाँ शक्तिका लागि कुनै समय निकै खटिएकी उनले फरक क्षेत्रबाट आएको कारण पनि पार्टीभित्र आफुले भेदभावको महसुस गरेको बताईन् । जनताले कलाकारलाई जसरी राजनीतिज्ञलाई माया नगर्ने गरेको उनको अुनभव छ । देशको राजनीति एकदम कम्प्लिकेटेड रहेको बताउँने उनी अब कसैको लागि बासुरी नबजाउँने बताउँछिन् । उनी भन्छिन् “एक वर्षदेखि अलि सक्रिय थिइनँ । एसइईका कारण पनि चुप रहेँ । तर ,अब बिस्तारै सक्रिय हुन्छु । पार्टीमा आबद्ध भएर मात्र राजनीतिज्ञ हुने होइन । हरेक अन्यायविरुद्ध लड्छु । स्वतन्त्र रूपमा मेरै क्षेत्र (ललितपुर) बाट चुनाव उठ्न पनि सक्छु । थपडी बजाउनका लागि मात्र राजनीतिमा लागेको होइन, मेरो पनि आफ्नो भूमिका हुन्छ । त्यसको खोजी गर्छु”। स्मरण रहोस तत्कालीन नयाँ शक्तिमा प्रबेश गरेपछि एक जना नेताले ‘यी काम न काजका कलाकार भनेर होच्चाएपछि उनी स्कुल भर्ना भएकी थिईन् ।

प्रतिक्रिया