२०८३, १३ असार शनिबार
×

ट्रेन्डिङ

“राजा र राष्ट्रपतिमा केही फरक देखिएन” :- नेता पौडेल

772 Shares
Spread the love

जेठ १०- नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले प्रधानमन्त्री केपी शर्मा ओली नै संघियता असफल बनाउँन लागि परेको आरोप लगाएका छन् । रफत सञ्चार क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् । प्रधानमन्त्रीले प्रदेश र स्थानीय सरकारलाई संविधान विपरित केन्द्रीय सरकारको इकाइ हो भन्नु गलत भएको नेता पौडेलले बताए । उनले बिगतमा नेपालमा एउटा मात्र राजा भएको तर अहिले धेरै राजाहरुको जन्म भएको भन्दै बिगतका राजा र हालका राष्ट्रपतिमा कुनै फरक पाउँन नसकेको बताए । प्रधानमन्त्रीको सर्वसत्तावाद मोहका कारण संघियता र लोकतन्त्र नै खतरामा परेको उनको भनाई छ ।

मिडिया कान्सिल विधेयक ल्याएर लोकतन्त्रमा प्रेसमाथि अंकुश लगाउनु सरकारको पञ्चायतकै शैली भएको टिप्पणी गरे । साथै उनले नेकपाले चुनावमा गरेको घोषणा पत्रको आफैले धज्जी उडाईरहेको दाबी गरे । उनले प्रधानमन्त्रीको बोली र व्यवहारमा तालमेल नहुँदा देशमा बिकासका गतिविधी हुन नसकेको उनको ठम्याई छ । साथै उनले बर्तमान सरकारले आफनो कमजोरी ढाकछोप गर्न कांग्रेसमाथि राजा फिर्ता ल्याउन चाहेको र संघियतालाई असफल बनाउँन खोजेको आरोप लगाएको बताए । सोही कारण पनि कांग्रेसले जन जागरण कार्यक्रम गरेको बताए ।

प्रतिक्रिया