२०८३, ११ असार बिहीबार
×

ट्रेन्डिङ

१ हजार १ सय ११ नेताहरुलाई संविधानसभा पदकले सम्मान गरिदै (सुची)

1223 Shares
Spread the love

काठमाडौं– सरकारले १ हजार १ सय ११ जना नेताहरुलाई संविधानसभा पदकले सम्मान गर्ने भएको छ । गृह मन्त्रालयले जारी गरेको प्रेश विज्ञप्तिअनुसार पहिलो र दोस्रो संविधानसभामा सभासदहरुलाई पदकद्वारा सम्मान गर्न लागेको हो ।

गणतन्त्र दिवसको अवसर पारेर जेठ १६ गते राष्ट्रपति विद्यादेवी भण्डारीले पदक हस्तान्तरण गर्ने कार्यक्रम रहेको गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले जानकारी दिए । २०७२ सालमा संविधान जारी भएपछि पहिलो र दोस्रो संविधानसभामा सदस्य रहेकाहरुलाई संविधानसभा पद दिने निर्णय गरेको थियो ।

तत्कालीन प्रधानमन्त्री स्वर्गीय शुसील कोइरालासहित राष्ट्रपति विद्यादवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतका १ हजार १ सय ११ जना सभासद्हरुलाई पदकद्वारा सम्मान गर्न लागिएको हो ।

सम्मानित हुने सांसद तथा नेताहरुः[googleapps domain=”drive” dir=”file/d/1yG9V-R_0zC2llEZT4XKA5MF_kYb2Iemo/preview” query=”” width=”640″ height=”480″ /]

प्रतिक्रिया