२०८३, १० कार्तिक सोमबार
×

बेलायतकी प्रधानमन्त्री थेरेसा मेद्वारा राजीनामा दिने घोषणा

986 Shares

लण्डन । बेलायतकी प्रधानमन्त्री थेरेसा मेले पदबाट राजीनामा दिने घोषणा गरेकी छन्। उनले ७ जुन कन्जरभेटिव पार्टीको नेताबाट राजीनामा दिने बताएकी छन्। तर उनको उत्तराधिकारी नछानिए सम्म उनी प्रधानमन्त्रीमा रहिरहने छन्।

डाउनिङ स्ट्रिटमा आफ्नो सम्वोधनको क्रममा भावुक देखिएकी मेले २०१६ मा भएको जनमतसंग्रहको परिणामको सम्मान गर्न आफुले पुरै कोशिस गरेको बताइन।

उनले ब्रेक्जिट कामयावी नभएकोमा गहिरो दु:ख रहेको उनको भनाई छ। ब्रेक्जिटको लागि समर्थन जुटाउन आफुले पूरा प्रयास गरेको उनले बताउँदै गर्दा मे निकै मलिन देखिएकी थिइन्। नयाँ प्रधानमन्त्रीले पनि यो प्रयास राख्नु देशको हितमा हुने उनले बताइन्।

प्रतिक्रिया