२०८३, १० कार्तिक सोमबार
×

चुनाव हारेपछि शत्रुघन सिन्हाले भने “ठुलो खेल रचिएको छ”

905 Shares

जेठ १० – भाजपामा हुँदा क्याविनेट मन्त्रीसमेत बनिसकेका बलिउडका चर्चित एवं पुराना नायक शत्रुघन सिन्हाले यस पटक चुनावमा नराम्रोसंग पराजय भोगेका छन् । चुनावका संघारमा भाजपालाई त्याग्दै कांग्रेसमा प्रबेश गरेका उनी भाजपाले यस पटक टिकट नदिएपछि उनी रुष्ट हुँदै कांग्रेस प्रबेश गरेका यिए । पटनाबाट चुनाव लडेका शत्रुघनलाई भाजपाका रविशंकर प्रसादले भारी मतले पराजित गरे । पराजयसंगै होसहवास नै गुमाएका शत्रुघनले आफनो पराजय राम्रोसंग स्वीकार गर्न सकेका छैनन् । उनले एक मिडियासंगको कुराकानीमा पटना चुनाव वा मत गणनामा ठुलो खेल रचिएको दाबी गरेका छन् । उनले भने ठुलै खेल खेलिएको छ ।

खासगरी उत्तर प्रदेश ,बिहार, पश्चिम बंगाल र आन्ध्र प्रदेशमा ठुलो खेल खेलिएको छ । तर यस कुराका लागि यो उपयुक्त समय होईन । साथै उनले मोदी र भाजपालाई बधाई पनि लिए । उनले भने म प्रधानमन्त्री मोदी र अध्यक्ष अमित शाहलाई बधाई दिन्छु । जो एक राम्रो रणनीतिकार हुन् । कांग्रेसमा जाँदा उनलाई राजनितीक करियरमा ठुलो धक्का पुगेको छ ।

शत्रुघनले भाजपाले आफुलाई लामो समय प्रताडित गरेको , अन्यायको शिकार भएको बताउँदै कांग्रेसमा सामेल हुन लागेको बताएका थिए ।उनले आफु गान्धी परिवारको ठुलो प्रशंसक रहेको बताउँदै वर्तमान सरकारको खराव नीतिको आलोचना गर्दा आफुलाई पार्टीले प्रताडित गरेको उनको आरोप थियो । भाजपालाई झट्का दिने उनको योजनामा मत गणानाले उनलाई नै झट्का दिएको छ । उनले मात्र होईन उनकी श्रीमती पूनम सिन्हालाई पनि समाजवादी पार्टीले लखनउमा उम्मेद्वार बनाएको थियो । उनले पनि चुनावमा पराजय भोगेकीछिन् ।

प्रतिक्रिया