२०८३, ११ असार बिहीबार
×

ट्रेन्डिङ

सरकारले मानव अधिकारनै हनन् हुने गरी काननु बनाउन लागेको छ : काँग्रेस प्रवक्ता शर्मा

1598 Shares
Spread the love

काठमाण्डौं, जेठ, १० ।

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारले राष्ट्रिय मानव अधिकार आयोगको मानव अधिकारनै हनन् हुने गरी काननु बनाउन लागेको आरोप लगाउनु भएको छ ।प्रवक्ता शर्माले राष्ट्रिय मानव अधिकार आयोगको स्वायत्तता र गरिमा नै अन्त्य हुनेगरी सरकारले सो सम्बन्धि विधेयक संसदमा पेश गरेको उल्लेख गर्दै आपत्ति पनि जनाउनु भयो ।

शान्ति र विकासका लागि नागरिक समाजले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले सो विधेयकको सम्बन्धमा उठेका प्रश्नको जवाफ दिने क्रममा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले कानुन बनाउने काम रिटायर्ड न्यायाधिशको हो ? भनि राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्मालाई प्रश्न सोधेकोमा पनि आक्रोश व्यक्त गर्नु भयो ।

प्रवक्ता शर्माले सरकारले बुढीगण्डकी जलविद्युत आयोजनाको निर्माण कार्य स्वदेशी आफैले गर्ने निर्णय उल्टयाएकोमा पनि आपत्ति जनाउनु भयो । राष्ट्रियताको संरक्षण, लोकतन्त्रको प्रवद्र्धन गर्न पनि सरकार समक्ष नभएको उहाँको दावी छ ।

प्रतिक्रिया