२०८३, ११ असार बिहीबार
×

ट्रेन्डिङ

ऐतिहासिक जित भन्दै देउवाले मोदीलाई दिए बधाई

1280 Shares
Spread the love

भारतको लोकसभा चुनावको नतिजाले यतिबेला विश्वलाई नै आश्चर्यचकित बनाईरहेको छ । दोस्रो पटक पनि मोदी सरकार आउँने भएपछि देश तथा बिदेशबाट मोदी तथा भाजपालाई बधाई आईरहेका छन् । भारतको चुनावी परिणामलाई नेपालले समेत निकै चासोका साथ हेरिरहेको थियो । मोदीको जीत भएसंगै नेपालका शिर्ष नेताहरुले बधाई दिईरहेका छन् । यसबीच नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेर बहादुर देउवाले मोदीलाई ऐतिहासिक जीतका लागि बधाई दिएका छन् ।

ट्वीटरमाफर्त देउवाले मोदीलाई बधाई दिए का हुन् । उनले लोकसभाको चुनावमा ठुलो सफलता हासिल गरेकोमा बधाई दिएका हुन् । उनले कांग्रेस र आफनो व्यक्तिगत तर्फबाट शुभकामना दिएको बताए । उनले लेखेका छन् ‘नेपाल र भारत बीच सदियौँ देखि कायम रहेको पुरानो सम्बन्ध र मित्रता आगामी दिनमा थप सुदृढ र सार्थक हुँदै जानुका साथै दवैै पार्टीबीचको सम्बन्ध र सहकार्य अझ बलियोे हुने विश्वास लिएको छु ।’

प्रतिक्रिया