२०८३, १० कार्तिक सोमबार
×

मोदीलाई इमरान खानको बधाई ,यस्तो राखे अपेक्षा

1748 Shares

जेठ ९ – भारतको लोकसभा चुनावमा मोदीको जीतमा लाल मोहर लागेपछि पाकिस्तानका प्रधानमन्त्री इमरान खानले मोदीलाई बधाई दिएका छन् । उनले ट्वीटरमार्फत मोदीलाई ऐतिहासिक जीतका लागि बधाई दिएका हुन् । मोदीलाई बधाई दिँदै उनले मोदीसंग काम गर्ने इच्क्षा पनि जाहेर गरेका छन् । पछिल्लो समय कश्मिरको पुलवामामा आक्रमण र त्यसले निम्त्याएको घटनाक्रम पछि भारत र पाकिस्तानबीच अघोषित युद्ध नै चलेको थियो । त्यसलाई रोक्न इमरानले कयौ पटक मोदीलाई फोन सम्पर्क गरेको तर मोदीले बोल्न नचाहेको बताएका थिए । उनले चुनावको कारण पनि मोदीले पाकिस्तानसंग वार्ता नचाहिरहेको बताएका थिए ।

उनले चुनाव सकिएपछि भारत र पाकिस्तानबीच सम्बन्ध राम्रो हुने विश्वास त्यतीबेला व्यक्त गरेका थिए । तर मोदीले भने आफनो चुनावी एजेन्डा नै पाकिस्तानबिरोध देशभक्ती बनाएका थिए । यस्तै तनावका बीच पाकिस्तानी जनता मोदीले चुनाव नजितोस भन्ने पक्षमा थिए भने इमरान खानको सरकार भने मोदीले नै चुनाव जिते भारत पाकिस्तानको सम्बन्ध सहज हुने र कश्मिरको समस्या पनि समाधान हुने अपेक्षा लिएको थियो ।
इमरानका अनुसार मोदीले चुनाव जितेपछि मात्र कश्मिरको समस्या हल हुने उनको विश्वास छ । उनले कश्मिरमा वर्तमान समय रहेको समस्या मोदीको जीत भयो भने समाधानका लागि सहज हुने उनको भनाई छ । त्यसोत मोदीले कश्मिरको समस्या हल गरे पाकिस्तानमा रहेका चरमपंथी समूहले कश्मिरका युवालाई आतंककारी गतिविधीमा संलग्न गराउने सम्भावना कम हुने र यदि त्यसो भए पाकिस्तानको केही समस्या समाधान हुने कारणले पनि उनले यस्तो बताएको हुन सक्छ ।

उनले भारतले कश्मिरमा रहेका मुस्लिमहरुप्रति विभेद गरेको कारण नै पछिल्लो २० बर्षदेखि कोही पनि कश्मिरका नेताहरु भारतीय नितीमा बाधिन नचाहेको र कश्मिरी युवाहरु आत्मघाती बम बन्ने गरेको बताएका थिए । यता इमरानले मोदीले चुनाव जितोस भनेर अभिव्यक्ति दिएपछि पाकिस्तानमा भने उनको यस अभिव्यक्तिको आलोचना भएको थियो ।

 

प्रतिक्रिया