२०८३, ११ असार बिहीबार
×

ट्रेन्डिङ

“कम्युनिष्टसँग भिड्नु कांग्रेसको चुनौती” :- खाण

1170 Shares
Spread the love

प्रमुख प्रतिपक्ष दल नेपाल कांग्रेका नेता बालकृष्ण खाणले पार्टी यतिबेला इतिहासकै कठीन अवस्थामा रहेको बताएका छन् । आज बिहिबार राष्ट्रिय जागरण अभियान अन्तर्गत काठमाडौं क्षेत्र नम्बर ९ मा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले कांग्रेसको प्रमुख चुनौती नै कम्युनिष्टसँग भिड्नु रहेको बताए । उनले कार्यक्रममा बोल्दै भने “हामीले कम्युनिष्टसँग प्रतिस्पर्धा गर्नुछ। उनीहरुसँग भिड्नु छ ।‘लोकतान्त्रिक शक्ति कम्युनिष्टसँग भिड्नुपर्ने ठाउँ अन्त छैन नेपालमै हो”।चुनावमा एमाले र माओबादी मिलेर गठबन्धन गर्दा कांग्रेस अप्ठेरोमा परेको बताए । अब कांग्रेसले प्रतिकुल अवस्थामा पाएको मतलाई जोगाउँनु आवश्यक रहेको बताए । फरक प्रसंगमा बोल्दै  ओली सरकारले निरंकुशता लाद्न खोजेको भन्दै उनले जनताका मौलिक हकअधिकार, मानव अधिकार, प्रेस स्वतन्त्रता, राजनीतिक स्वतन्त्रतामाथि सरकारले हस्तक्षेप गरेको आरोप लगाए । उनले ‘सरकार लोकतान्त्रिक खिलाफमा उत्तेजित रहेको बताए ।

प्रतिक्रिया