२०८३, ११ असार बिहीबार
×

ट्रेन्डिङ

“कांग्रेसको नीति र विचार स्पष्ट छ” : नेता थापा

1031 Shares
Spread the love

गलकोट, ८ जेठ (रासस)
नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले नेपाली काङ्ग्रेस वैचारिकरुपमा विचलित नभएको बताउनुभएको छ । उहाँले काङ्ग्रेसमा गुटउपगुट भए पनि वैचारिकरुपमा स्पष्ट भएको बताउनुभयो ।

पार्टीले देशभर सञ्चालन गरेको जागरण अभियानअन्तर्गत आज बागलुङको तमानखोला गाउँपालिका–३ तमान गाउँमा आयोजित भेलालाई सम्बोधन गर्दै नेता थापाले हिजोका दिनमा काङ्ग्रेसले गरेका गल्ती अब नदोहो¥याउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले भरतपुरमा माओवादीलाई भोट हाल्नु काङ्ग्रेसको ठूलो गल्ती भएको स्वीकार्नुभयो । “काङ्ग्रेस नीति र विचारमा स्पष्ट छ”, उहाँले भन्नुभयो, “अबका दिनमा काङ्ग्रेसको लोकप्रियता बढ्दै जानेछ ।” नेता थापाले अहिलेको सरकारले युवा लक्षित कार्यक्रम ल्याउन नसक्दा विदेश पलायन हुनेको सङ्ख्या बढ्दै गएको आरोप लगाउनुभयो ।

उहाँले आजै नेपाल भुपू सैनिक सङ्घ बागलुङको ११औँ जिल्ला सम्मेलनलाई समेत सम्बोधन गर्नुभएको काङ्ग्रेसका जिल्ला सभापति दीपेन्द्रबहादुर थापाले जानकारी दिनुभयो ।

प्रतिक्रिया