२०८३, ११ असार बिहीबार
×

ट्रेन्डिङ

माधव नेपाल र भिम रावलद्वारा अमेरिकी राजदूतको कडा आलोचना

3945 Shares
Spread the love

जेठ ८ – केही समय अगाडी सरकारले ल्याएको मिडिया काउन्सिल विधेयकको आलोचना गरेका अमेरिकी राजदूत -याण्डी बेरी एकाएक बिवादमा आएका छन् । उनले नेपाली जनतासंग साक्षात्कार गर्न ‘जनतासँग गफगाफ’ नामक संवाद कार्यक्रम संचालन गर्ने तयारी गरिरहँदा अमेरिकी राजदूत बिवादमा आएका हुन् । नेकपाका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले अमेरिकी राजदूतले संचालन गर्न लागेको भन्दै आपत्ति जनाएका छन् । बुधबार संघीय संसद परिसरमा संचारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले आपत्ति जनाएका हुन् । उनले कुनै तयारी नै नभएको उक्त संवाद कार्यक्रम कूटनीतिक मर्यादा विपरित हुने भएकाले आपत्ति जनाए । उनले सो कार्यक्रम संचालन नगर्नका लागि राजदूत बेरीको पनि ध्यानाकर्षण गराए ।

सानाले मात्र नभई ठुला देशहरुले पनि कूटनीतिक मर्यादाको पालना गर्नु पर्ने उनको धारणा थियो । यता अर्का नेता भिम रावलले राजदूत बेरीले उक्त कार्यक्रम संचालन गर्न नहुने बताए । उनले कूटनीतिक मर्यादा विपरित गएर राजदूत बेरीले नेपाली जनतासँग प्रत्यक्ष रुपमा संवाद गर्ने खालका कुनै पनि गतिविधि गर्न नमिल्ने बताए । उनले कूटनीतिक क्षेत्रको कानुन, मर्यादा कुनै पनि दृष्टिले राजदुत बेरीलाई सो संवाद कार्यक्रम संचालन गर्ने अनुमति नरहेको दावी पनि गरे । यसैगरी कांग्रेसका सांसद राजेन्द्रकुमार केसी र राष्ट्रिय जनता पार्टी, नेपालका सांसद लक्ष्मणलाल कर्णले पनि सरकारसँग अनुमति नलिई राजदूत बेरीले उक्त संवाद कार्यक्रम संचालन गर्ने अधिकार नभएको बताए ।

प्रतिक्रिया