२०८३, ११ असार बिहीबार
×

ट्रेन्डिङ

कांग्रेस सभापति शेरबहादुर देउवा सिंगापुर जाँदै

11538 Shares
Spread the love

काठमाडौं । फलोअप स्वास्थ्य जाँचका लागि प्रमुख प्रतिपक्षी दल कांग्रेस सभापति शेरबहादुर देउवा बुधबार सिंगापुर प्रस्थान गर्ने भएका छन् । 

साँझ ८ बजे ५ दिनका लागि श्रीमती आरजु राणा (देउवा)को साथमा सभापति देउवा सिंगापुर जान लागेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्ण पौडेलले जानकारी दिए । ‘सिंगापुरस्थित माउण्ट एलिजावेथ अस्पतालमा आफ्नो पेटको समस्याको नियमितिस्वास्थ्य जाँचका सिंगापुर जान लाग्नु भएको हो’ पौडेलले नयाँ पत्रिकासँग भने ‘६ महिना पहिला जान पर्ने नभ्याएर जानुभएको थिएन, अहिले जान लाग्नुभएको हो ।’

कांग्रेसको राष्ट्रिय जागरणमा विभिन्न जिल्लामा पुगेका देउवा पेट दुख्ने तथा अपच हुने समस्या भएपछि सिंगापुर जान लागेका हुन् । उनले त्यही अस्पतालमा तीन वर्षअघि पेटको उपचार गराएका थिए । एक–एक वर्षमा सोही अस्पतालका चिकित्सकसँग नियमित चेकजाँचमा जानुपर्ने भएपनि समय नमिल्दा दुई वर्षदेखि देउवा उपचारको लागि सिंगापुर जान सकेका थिएनन् ।

स्वास्थ्योपचार गरेर सभापति देउवा सिंगापुरबाट १३ जेठमा स्वदेश फर्किने पौडेलले बताए ।

प्रतिक्रिया