२०८३, ११ असार बिहीबार
×

ट्रेन्डिङ

मिडिया काउन्सिल विधेयकमा छलफलको आवश्यकता छ : भिम रावल

900 Shares
Spread the love

काठमाडौं, जेठ, ६ ।
नेकपाका नेता भिम रावलले मिडिया काउन्सिल विधेयकमा छलफलको आवश्यक रहेको बताउनु भएको छ । रिपोर्टस क्लब नेपालले गरेको साक्षात्कारमा बोल्दै पत्रकार महासंघ लगायत सरोकारवाला पक्षले विधेयकको बारेमा बिरोध गरेको हुँदा विवादित भनिएको विषयमा गहन छलफल गर्नुपर्ने बताउनु भएको हो।

आफुले अध्ययन गर्दा विधेयकमा भएको व्यवस्था संविधानमा भएको प्रेस स्वतन्त्रताको व्यवस्थालाई अतिक्रमण गर्ने जस्तो देखिएको हुदा गहन छलफल गरेर निष्कर्षमा पुग्नुपर्ने बताउनु भयो। विधेयकका कारण प्रेस स्वतन्त्रता र सूचना प्रवाहमा मा अंकुश लाग्ने अवस्था उत्पन्न हुन नदिन र संचारकर्मीका अधिकार कुण्ठित गर्न नहुनेमा सबै सचेत हुनुपर्ने बताउनु भयो ।

सरकारले वैशाख अन्तिम साता संसदमा मिडिया काउन्सिल विधेयक दर्ता गरेको थियो । विधेयकमा मिडिया काउन्सिलले २५ हजारदेखि १० लाखसम्म जरिवाना गर्नसक्ने, काउन्सिलका पदाधिकारीको चयन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव नेतृत्वको सिफारिस समितिले गर्ने, सरकारले काउन्सिललाई र काउन्सिलले सञ्चार माध्यमलाई निर्देशन गर्नसक्ने, पदाधिकारीहरूलाई सरकारले जुनसुकै बेला बर्खास्तगी गर्न सकिने जस्ता प्रावधान छन् ।

बिधेयकमा भएको यिनै व्यवस्थाले स्वतन्त्र प्रेस र अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गरेको भन्दै बिधेयक फिर्ताको माग गर्दै पत्रकार महासंघ आन्दोलनमा उत्रिएको छ ।

प्रतिक्रिया