काठमाडौं। नेपाली कांग्रेसका केन्द्रीय सदस्य नेता अर्जुन नरसिंह केसीले सरकार लोकतन्त्रको आवरणमा निरंकुश बन्दै गएको आरोप लगाएका छन्।
शनिबार रिपोर्टस क्लबको साक्षात्कारमा बोल्दै नेता केसीले निरंकुश मनोवृत्तिका साथ सरकाले सम्पुर्ण शक्ति र अधिकार आफुमा निहीत गर्ने गरि एक पछि अर्को कानुन बनाउदै गएको बताएका हुन्।
राज्यका सम्पूर्ण संवैधानिक निकायलाई प्रधानमन्त्री मातहत ल्याउने गरि सरकारले एकपछि अर्को कदम चाल्दै आएको भन्दै उनले आपत्ती जनाए। उनले मानवअधिकार आयोग, राष्ट्रिय सुरक्षा परिषद्, मिडिया काउन्सिल र सुचना प्रविधि सम्बन्धी विधेयकमा गरिएको व्यवस्था लोकतन्त्र र प्रेस स्वतन्त्रता विरोधी भएकाले कांग्रेसले सडक देखि सदन सम्म विरोध गर्ने बताए।
नेकपाका नेता दिनानाथ शर्माले मिडिया सम्बन्धी अधिकारलाई कुण्ठित गर्ने ढंगको विधेयक आए संसदबाट कुनै पनि अवस्थामा पास हुन नदिने प्रतिवद्धता जनाए। उनले संविधानको मुल मान्यतालाई पालना गराउन प्रतिवद्ध रहेको भन्दै उहाँले त्यही विषयलाई लिएर सडकमा जान आवश्यक नरहेको बताए।
उनले सरकारलाई लोकतन्त्रको मुल्य मान्यता विरुद्ध जान नदिने प्रतिवद्धता पनि जनाए।