२०८३, ११ असार बिहीबार
×

ट्रेन्डिङ

“पत्रकारलाई लेख्न प्रधानमन्त्रीले सिकाउँन पर्देन” :- देउवा

2094 Shares
Spread the love

जेठ ४ नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेर बहादुर देउवाले सरकारले सञ्चार क्षेत्रलाई नै अकुंश लगाउँने गरी ल्याउँन लागेको विधेयक कांग्रेसले कुनै पनि हालतमा पास हुन नदिने बताएका छन् । आज शनिबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै देउवाले यस्तो बताएका हुन् । नेपालको संविधानले नै प्रेस स्वतन्त्रताको ग्यारेन्टी गरेकोले सरकारले प्रेसलाई कुनै पनि हालतमा नियन्त्रण गर्न नसक्ने बताए । उनले उक्त विधेयक ल्याएर सरकारले प्रेसलाई नियन्त्रण गर्ने खोजेको आरोप लगाए ।

उनले भने “प्रेस स्वतन्त्रतामा जे पनि त लेख्न पाइन्छ नी, पहिला पनि त लेख्ने काम भएको थियो । पत्रकार आफैले पनि त जे पाए त्यही त लेख्न चाहादैँन नी” । अनावश्यक र जे पायो त्यही लेख्न पत्रकारलाई समाजले नै नपत्याउँने बताए । तर सरकारले पत्रकारलाई के के लेख्ने भनेर सिकाउँन आवश्यक नरहेको बताए । उनले भने “के र कुन विषयमा लेख्ने भन्ने पत्रकारलाई नै थाहा हुन्छ । जथाभावी लेखे उनीहरु आफैं सकिदैं जान्छन् । पत्रकारहरुलाई प्रधानमन्त्रीले सिकाउनुपर्दैन “।

एक फरक प्रसंगमा ओली सरकारले जनताको नाममा सिन्को भाँच्ने काम पनि नगरेको आरोप लगाए । देउवा भन्छन् ‘सरकार गठन भएको डेढ बर्षको समयमा यो सरकारले सिन्को समेत भाँच्न सकेको छैन । सरकार मुलुक र जनताको पक्षमा परिवर्तन देखिने गरी काम गर्ने पक्षमा देखिँदैन ।’ उनले नेपाली कांग्रेसले सदनमा प्रतिपक्षको प्रभावकारी भूमिका खेलेको भन्दै बिपक्षीसंग बिना छलफल रएक पक्षीय ढङ्गले ल्याउने ल्याउँने बजेट आफुलाई मान्य नहुने बताए ।

प्रतिक्रिया