२०८३, ११ असार बिहीबार
×

ट्रेन्डिङ

“ओली र प्रचण्ड भतुवा कम्युनिष्ट हुन्” :- वैद्य

2508 Shares
Spread the love

जेठ ३ – नेकपा (क्रान्तिकारी)  माओवादीका महासचिव मोहन वैद्य (किरण) ले सत्तारुढ दल नेकपाका नेताहरुलाई भतुवाको संज्ञा दिएका छन् । नेता सिपी गजुलेरद्वारा लिखित संग्रह “राजनीतिक घटनाक्रम र प्रवृतिहरु” को विमोचन समारोहमा बोल्दै उनले यस्तो बताएका हुन् । वैद्यले बर्तमान सरकारलाई २ तिहाईको दम्भ नदेखाउँन चेतावनी दिँदै प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष प्रचण्डलाई भतुवा कम्युनिष्टको संज्ञा दिएका हुन् ।

उनले भने “ओली र प्रचण्ड भतुवा पुँजीवादी हुन् ,भतुवा कम्युनिष्ट हुन् । उनीहरुले सच्चा कम्युनिष्टको बेइज्जत गरिरहेका छन् । कांग्रेसले कम्युनिष्टको सरकारले केही गर्ने सकेन भन्छन् । उनीहरु कम्युनिष्ट नै होइनन् भतुवा हुन् । भतुवाको कुनै ठाउँ ठेगाना हुँदैन । उसले अरुको बनाएको खाने काम गर्छ । ओली प्रचण्ड पनि त्यस्तै हुन् ”  उनले अवसरवाद र संशोधनवादमा फसेका कम्युनिष्टहरुले देशलाई बर्वाद बनाएको भन्दै सच्चा कम्युनिष्टहरु देशको वैकल्पिक शक्ति भएकाले ढिलै भएपनि देशमा जनवादी क्रान्ति पुरा गरेरै छाड्ने बताए ।

प्रतिक्रिया