२०८३, ११ असार बिहीबार
×

ट्रेन्डिङ

निर्वाचनमा पार्टीलाई हराउनेहरु म विरुद्ध लागे : शेरबहादुर देउवा

2236 Shares
Spread the love

काठमाण्डौं, जेठ, ३ ।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई निर्वाचनमा हराउनेहरु आफूविरुद्ध उभिएको दावी गर्नु भएको छ ।सभापति देउवाले निर्वाचनमा पार्टीलाई हराउनेहरु पार्टी भित्र बलशाली भएकाले पार्टी संकटमा फसेको तर्क पनि गर्नु भयो । उहाँले आफूमाथि आरोप लगाउन छोडेर आगामी निर्वाचनमा पार्टीलाई जिताउने गरी काममा जुटन पनि पार्टीका नेता–कार्यकर्तालाई निर्देशन दिनु भयो ।

शुक्रबार काठमाडौंमा आयोजित प्रजातान्त्रिक विचार समाजको ११ औं राष्ट्रिय महाधिवेशनमा बोल्दै सभापति देउवाले निर्वाचनमा पार्टीलाई हराउने अन्तरघातीहरुलाई कार्वाही गर्न समेत आफूले पार्टीका नेताहरुबाट सहयोग नपाएको गुनासो पनि गर्नु भयो । दुइ कम्युनिष्ट पार्टी मिल्दा पार्टीले हारेको दोहो¥याउँदै सभापति देउवाले सो हारको दोषी आफुलाई मात्रै लाउने गरेकोमा आपत्ति पनि जनाउनु भयो ।

मंचमै रहेका नेता कृष्णप्रसाद सिटौलालाई सभापति देउवाले पुष्पकमल दाहाललाई मिलाउनका लागि निर्वाचनका बेला वार्ताका पठाएको तर मिलाउन नसकेको पनि स्मरण गराउनु भयो । उहाँले आफूलाई मात्रै आरोप लगाएर पार्टीका नेताहरुले गैर प्रजातान्त्रिक गतिविधि गरिरहेको आरोप पनि लगाउनु भयो ।कार्यक्रममा बोल्दै काँग्रेस नेता सिटौलाले पार्टीलाई आन्तरिक कलहबाट मुक्त गराउन सभापति देउवासँग माग गर्नु भयो । उहाँले पार्टी कमजोर हुनुको जिम्मेवारी पार्टी नेतृत्वको लिनुपर्ने पनि बताउनु भयो ।

प्रतिक्रिया