दोरम्बा रामेछाप जिल्लाको दोरम्बा गाउँपालिका थापागाँउमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

शान्ति फाउण्डेशन र दोरम्बा गाउँपालिका रामेछापको संयुक्त आयोजनामा वडा नं ७ थापागाउँमा दुई दिने निशुल्क स्वास्थ्य सिविर आयोजनामा नेपाल परिवार नियोजन संघ काभ्रे र दृष्टि आँखा केन्द कंलकीको प्राविधिक समन्वयन तथा डाईरेक्ट रिलिफको आर्थिक सहयोगमा भएको उक्त शिविरमा १००० जना लाभान्ति भएका छन् ।

दोरम्बा गाउँपालिका वडा नम्बर ५,६,७ लाई लक्षित गरि शिविरमा महिलाहरुको पाठेघरको मुखको क्यान्सर हुनुपुर्बको अवस्थाको परिक्षणमा ४०० महिलामा १० जना पाठेघर मुखको क्यानसरको बिरामी भेटिएको, आङ खस्ने समस्याबाट १६ जना विरामी रहेको थिए जसलाई रिङ राखिएको थियो भने ४०० जनालाई एच.आई.भि. परिक्षण गरिएको छ । साथै महिलाका यौन रोगको उपचार ३०० जनालाई उपचार गरिएको छ । साथै परिवार नियोजन सम्बन्धि महिला पुरुषको बन्ध्याकरण गरिएको छ ।

यसै गरी साथै आँखा परिक्षण शिविरमा ६२० जना बालबालिकहरुा लाभाविन्त भएका छन् । जसमा ३०९ जना बालबालिकाहरुको आँखा परिक्षणमा ३०९ जना बालबालिको आँखाको उपचार गरिएको छ र ३६ जनामा मोति विन्दुको समस्या देखिएको र १७० जना बालबालिलाई चस्मा गरिएको थियो ।

शिविरमा महिलाहरुको पाठेघरको मुखको क्यान्सर हुनुपुर्बको अवस्थाको परिक्षण, आङखस्ने समस्याको परिक्षण र उपचार, योनरोगको परिक्षण तथा उपचार र एच.आई.भि.को परिक्षण तथा नजिकैको ART Center सम्मपुर्याउने लगायतका सेवाहरु दिईएको शान्ति फाउण्डेशन संस्थाको अध्यक्ष सन्जमाया तामाङले बताए ।

शिविरमा ३ वटै वडाको समुदायको महिला , पुरुष र बालबालिकाको स्वास्थ्यको पँहुचवाट बन्चित भएका दिदिबहिनीहरुको उल्लेखनिय उपस्थिति भएको कुरा आयोजक संस्थाले जानकारी दिए ।

शिविर टोलिमा शान्ति फाउण्डेशनका अध्यक्ष सन्जमाया तामाङ , वडा अध्यक्ष रेम थापा, दोरम्बा गाउँपालिकाका अध्यक्ष कमन सिं मोक्तान , स्कुल व्यवस्थापक अध्यक्ष प्रविन मोक्तान लगायतका व्यक्तित्वहरुको उपस्थिति थियो ।







