२०८३, १० कार्तिक सोमबार
×

चीनद्वारा ९० पाकिस्तानी नवबिवाहित दुलहीलाई भिजा दिन अस्वीकार

1176 Shares

जेठ २-  पछिल्लो केही समय पाकिस्तानका युवतीहरुलाई नक्कली बिवाह गरी चीनमा ल्याएर यौन व्यवसायमा लगाउने गरिएको खुलासा भएसंगै चीन यसमा सजग बनेको छ । सोही कारण पाकिस्तानस्थित चिनियाँ दूतावासले पाकिस्तानी बिवाहित युवतीहरुलाई चीनको भिजा दिन अस्वीकार गरेको छ । उसले ९० जना पाकिस्तानी युवतीलाई भिजा दिन अस्वीकार गरेको हो । पाकिस्तानमा रहेका चीनका डिप्टी चीफ अफ मिशनका लिजियान झाओका अनुसार यस बर्षमात्र चिनियाँ नागरिकले पाकिस्तानी श्रीमतीका लागि भिजा दिन १४० आवेदन लिएका छन् । जसमा ५० जनालाई भिजा दिईएको छ । जबकी २०१८ मा १४२ आवदेन दिएको उनको भनाई छ । यसबारेमा चीन मात्र होईन पाकिस्तान सरकार पनि सजग बनिरहेको छ ।

पाकिस्तानले संघिय जाँच एजेन्सीलाई ठाडो आदेश दिएको थियो की बिवाहको आसा देखाएर वा बिवाह गरेर पाकिस्तानी युवतीहरुको चीन तस्करी गरिरहेको गिरोहलाई कारवाही गरोस । स्थानीय मिडियाका अनुसार अवैध केन्द्र इसाई समूदायका गरिब अनि सोझा पाकिस्तानी युवतीहरुलाई पाकिस्तानमा नै कार्यरत वा भिजिट भिषामा त्यहाँ पुगेका चिनियाँ युवाहरुले बिवाह गर्छन् अनि बिवाहपछि धन र सुखसयलको लोभ देखाएर चीन ल्याउँने र यौन व्यवसायमा लाग्न बाध्य गराएको भन्दै अन्तराष्ट्रिय मिडियाले जनाएका थिए । उक्त खबरसंगै चीन र पाकिस्तान दुबै देशले यसमा कडाई गर्ने भएको छ । एजेन्सीको सहयोगमा

प्रतिक्रिया