२०८३, १० कार्तिक सोमबार
×

जम्भू-कश्मिरमा सुरक्षाकर्मी र आतंककारीबीच भिडन्त , ४ जनाको मृत्यु

1332 Shares

जेठ २ – करिश्मरको पुलवामामा आक्रमणमा करिश्मरी युवकको हात रहेको पुष्टी भएसंगै सरकारले जम्भू करिश्मर क्षेत्रमा रहेका चरमपंथी संगठनबिरुद्ध कारवाही तिव्र बनाईरहेको छ । दैनिक जसो करिश्मर क्षेत्रमा भारतीय सुरक्षाकर्मी र चरमपंथी समूहबीच भिडन्त हुँदै आएका छन् । यसबीच आज जम्भू करिश्मर क्षेत्रमा सुरक्षाकर्मी र आंतककारीबीच भएको भिडन्तमा ३ जना आतंककारी मारिएका छन् भने एक जना सुरक्षाकर्मीको ज्यान गएको छ ।

सुरक्षाकर्मीले शो भिडन्तमा थुप्रै हतियार र बिस्फोटक पर्दाथ फेला पारेको जनाएको छ। बिषेश सूचनाका आधारमा सुरक्षाकर्मीले उनीहरु लुकेर बसेको घर घेर्दा आतंककारीहरुले नै फाइरिङ गरेपछि भिडन्त भएइको थियो । अहिले पनि त्यहाँ सर्च अपरेशन जारी रहेको बताईएको छ भने करिश्मरको अधिकांश क्षेत्रमा इन्टरनेट सेवा समेत बन्द गरिएको छ ।

प्रतिक्रिया