बैशाख ३१- कांग्रेस सांसद प्रदीप गिरीले बजेट अर्थशास्त्रीय सिद्धान्तमा आधारित भएर बनाउन नहुने बताएका छन् । आज मंगलबार बसेको बैठकमा उनले बजेट बनाउँदा अर्थशास्त्रीय सिद्धान्त भन्दा पनि देशको अवस्था हेरर बनाउँनु पर्ने बताए । उनले सामाजिक न्याय र आर्थिक वृद्धि दर संसंगै जान नसक्ने भन्दै यसमा सरकारले स्पष्ट हुन आग्रह गरे । उनले बिदेशमा पढेकाहरु अर्थमन्त्री बन्दा देशले बिकासको सही गति लिन नसकेको बताए । उनले भने “पिएचडि पढेका, बाहिरबाट पढेर आएकाले नेपालको हकमा गहूँ र धानको फरक नबुझ्ने् । प्याज र आलुलाई पानी चाहिन्छ कि चाहिदैन भन्ने कुरा थाहा नभएकाहरु मन्त्री भए ।”
अमेरिका वा जर्मनीबाट पिएचडि गरेकाहरु नै अर्थमन्त्रीको रुपमा चयन गर्ने गरेकाले देशको विकास सही ढंगले अगाडी बढ्न नसकेको भन्दै उनले भने “तथाकथित आधुनिककरणको, तथाकथित विकासिकरणको, तथाकथित वृद्धिदरको पछाडी लाग्यौं । सिद्धान्त र प्राथमिकतालाई हामीले विपरित दिशामा लग्यौँ । वर्तमान दिशामा प्रश्न चिन्ह खडा भएको छ” । उनले अर्थमन्त्रीको पदलाई विगत देखि विशेषज्ञको पद बनाइनु गलत भएको समेत तर्क गरे ।