२०८३, ११ असार बिहीबार
×

ट्रेन्डिङ

स्वतन्त्र प्रेस माथिको कुनै हस्तक्षेप स्वीकार हुदैन : उपसभापति निधि

1280 Shares
Spread the love

अजय कुमार झा,जनकपुरधाम, वैशाख ३१ ।
नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले सरकारले सञ्चारलाई नियन्त्रणमा राख्नका लागि ल्याउन लागेको नयाँ मिडिया काउन्सील ऐनमा भएको प्रावधानले स्तन्त्र प्रेस माथिको आक्रमण भएको बताउनु भएको छ ।

उपभापति निधिले नेपाल प्रेस युनियन धनुषाले आज जनकपुरधाममा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सञ्चार माध्यमलाई नियन्त्रणमा राखेर सरकारले लोकतन्त्रलाई कमजोर गर्ने खेलमा लागेको आरोप पनि लगाउनु भयो ।

उहाले अहिलेकै प्रेस काउन्सीललाई मजबुद एवं अझै अधिकार सम्पन्न बनाएर सवै सञ्चार माध्यमहरुको निगमन गर्न सकिने पनि बताउनु भयो ।

उपसभापति निधिले स्वतन्त्र प्रेस माथि हुने कुने पनि हस्तक्षेपलाई नेपाली काँग्रेसलाई स्वीकार्य नहुने बताउदै स्वतन्त्र प्रेसको मान्यताको रक्षाका लागि पत्रकारहरुले गर्ने हरेक प्रकारको विरोधमा काँग्रेसको साथ तथा समर्थन रहने पनि बताउनु भयो ।

उहाले मिडिया काउन्सीलको नाउँमा मन्त्रालयको शाखा बनाउने प्रावधान ऐनमा भएको बताउदै यसलाई तत्काल खारेज गरेर पत्रकार जगतसंग छलफल गरेर मात्र ऐन ल्याउनका लागि सुझाव पनि दिनु भयो ।

उपसभापति निधिले नयाँ ऐनमा १ करोड जरिवाना तथा १५ वर्षसम्म जेलको सजाय गर्ने व्यवस्था ल्याउन खोज्नुले सरकार अधिनायकवाद तर्फ उन्मुख भएको संकेत मिलेको बताउनु भयो । नेपाल प्रेस यूनियन धनुषाका अध्यक्ष राजन सिंहको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएका थिए ।

प्रतिक्रिया