२०८३, १० कार्तिक सोमबार
×

प्रधानमन्त्रीको कार्यालयमा पेट्रोल बम प्रहार

1023 Shares

अल्बानिया – हजारौं अल्बानियालीहरुले शनिबार आफ्नो देशको प्रधानमन्त्रीको कार्यालयमा पेट्रोल बम प्रहार गरेका छन् ।

दक्षिण पूर्वी युरोपेली मुलुक अल्बानियाका विपक्षीले प्रधानमन्त्री इदी रामाको विरोधमा प्रदर्शन गरेका थिए । गएका तीन महिना यता त्यहाँ सरकार विरोधी प्रदर्शन हुँदै आएको छ ।

प्रधानमन्त्री रामाले चुनावमा धाँधली गरेको आरोप खेपिरहेका छन् ।
विपक्षी नेता लुल्जीम बाशाले प्रधानमन्त्री रामाले राजीनामा नदिएसम्म प्रदर्शन जारी राख्न कार्यकर्ता र सर्बसाधारण नागरिकलाई आग्रह गरेका छन् ।

प्रतिक्रिया