२०८३, ११ असार बिहीबार
×

ट्रेन्डिङ

“कांग्रेसले सरकारसंग निहुँ खोजिराछ” :- सञ्चारमन्त्री

1299 Shares
Spread the love

बैशाख २६ – सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले नेपाली कांग्रेसले निहुँ खोजेको आरोप लगाएका छन् । बिहिबार मन्त्रीपरिषद बैठकका निर्णयबारे जानकारी दिन सिंहदरबारमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै उनले राष्ट्रपतिले “मेरो सरकार” भनेको बिषयमा कांग्रेसले निहुँ खोजिरहेको आरोप लगाएका हुन् । उनले राजा महेन्द्रले भन्ने गरेको “जय नेपाल” कांग्रेसले प्रयोगमा ल्याएको भन्दै राष्ट्रपतिले मेरो सरकार भन्दा बहषको बिषय बनाउँन नमिल्ने बताए ।

उनले २०१७ सालमा महेन्द्रले “जय नेपाल” शब्दको प्रयोग गरेको बताउँदै कांग्रेसले त्यसलाई किन नछोडेको भन्दै प्रश्न गरे । उनले बिपीले समेत चीन भ्रमणमा जाँदा “मेरो सरकार” , “मेरो देश” भनेको स्मरण गराउँदै सानो शब्दलाई लिएर कांग्रेसले सरकारसंग निहुँ खोज्न नमिल्ने बताए । उनले यति भनिरहँदा प्रमुख प्रतिपक्ष दल कांग्रेससंग सम्बन्ध भने नबिग्रिएको दाबी गरे ।

प्रतिक्रिया