बैशाख २६ -कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाल कम्युनिस्ट पार्टीका दुई अध्यक्षमध्ये केपी शर्मा ओली नेकपाका अध्यक्ष केपी शर्मा ओली गैरजिम्मेवार भएको आरोप लगाएका छन् । उनले नेकपाका २ अध्यक्षमध्य ओली गैरजिम्मेवार र प्रचण्ड लोकतन्त्रप्रति विश्वास नभएका नेता भएको अभिव्यक्ति दिएका हुन् । कांग्रेसले बुधबारबाट सुरु गरेको राष्ट्रिय जागरण अभियानअन्तर्गत प्रदेश २ को जनकपुरमा आयोजित कार्यक्रमको उद्घाटन गर्दै उनले यस्तो आरोप लगाएका हुन् । उनले प्रधानमन्त्री ओली गैरजिम्मेवार छन् भनेर उनले संसदमा दिने गरेका अभिव्यक्तिबाट नै प्रमाणित हुने गरेको बताए ।
उनले भने “प्रधानमन्त्री ओली कति गैरजिम्मेवार छन् भन्ने कुरा संसदमा उनले दिने गरेका अभिव्यक्तिले प्रमाणित हुन्छ ।त्यही पार्टीका अर्का अध्यक्षलाई लोकतन्त्रप्रति कुनै विश्वासै छैन” । उनले यस्ता नेताहरुको हातमा मुलुक रहेको भन्दै प्रचण्डले लोकतन्त्रप्रति विश्वास नगरेको कारणले नै प्रचण्डले बेला बेलामा जंगल जाने अभिव्यक्ति दिने गरेको दाबी गरे । साथै उनले मधेशका नेताहरु ओलीको पाउँमै पुगेको बताए । मधेशप्रति सबैभन्दा अनुदार रहेका ओलीको चाकडीमा मधेशवादी नेताहरु लागेको आरोप लगाए ।