२०८३, ११ असार बिहीबार
×

ट्रेन्डिङ

“देउवाले कम्युनिष्ट सरकार आए रुन पाईदैन भनेको कुरा जनताले हो रैछ भन्न थाले”

1907 Shares
Spread the love

बैशाख २५-  नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले सभापति शेरबहादुर देउवाले कम्युनिष्ट सरकारलाई लिएर दिएको अभिव्यक्ति अहिले आएर पुष्टी भएको बताएका छन् । उनले सभापति देउवाले कम्युनिष्ट सरकार बने रुन पनि पाईदैन भनेको कुरा अहिले आएर पुष्टी हुन थालेको बताएका हुन् । आज बुधबारदेखि कांग्रेसले सुरु गरेको राष्ट्रिय जागरणसभालाई गर्दै उनले यस्तो बताएका हुन् । उनले भने “सभापतिले कम्युनिष्ट सरकार आए रुन पनि पाईदैन भनेर भन्दा सबैले तपाईहरुको सभापतिले के बोलेको भनेर भन्थे तर आज आएर तीनैले हो रैछ कांग्रेसले भनेको भन्न थाले” ।

उनले पत्रकारहरुले समेत ओली सरकार र कम्युनिष्टहरुको बिरोधमा कलम चलाए हतकडी लगाउने गरेको बताए । सिंहले प्रधानमन्त्रीले बिपक्षीलाई अपमान गर्दै होच्चाउने काम गरेको बताए । उनले विपक्षीलाई होच्याउनु जनतामाथिको अपमान पनि भएको बताए । प्रधानमन्त्रीले जनताको अपमान गर्न पाउँदैनन् उनको भनाई छ । उनले कम्युनिस्टको नाम र सिद्धान्तको नै टुंगो नभएको भन्दै उनीहरुले नेपाली जनतालाई स्थायी नाम समेत दिन नसकेको बताए । उनले कांग्रेसले गरेका कामहरुलाई ओली सरकारले आफैले गरेको भन्दै प्रचार गरेकोप्रति चर्काे आलोचना गरे ।

प्रतिक्रिया