२०८३, ११ असार बिहीबार
×

ट्रेन्डिङ

प्रधानमन्त्रीले कुण्ठा र निम्छरा भनेपछि संसदमा हंगामा

1627 Shares
Spread the love

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नलाई आक्रोश, कुण्ठा र निम्छराको संज्ञा दिएपछि प्रतिनिधिसभाको मंगलबारको बैठक केहीबेर तनावपूर्ण बन्यो।

नीति तथा कार्यक्रममाथि सांसदहरुले गरेको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्रीले आक्रोश, कुण्डा र निम्छरा प्रश्नको जवाफ नदिई अन्यको दिन्छु भनेपछि नेपाली कांग्रेसका सांसदहरुले उभिएर नियमापत्ति गरेका थिए। उनीहरुले सभामुखको ध्यानाकर्षण गराउदै सो शब्द संसदको रेकर्डबाट हटाउन माग गरे। कांग्रेसका सांसदहरुले उभिएर सभामुखको ध्यानाकर्षण गराउदै गर्दा प्रधामन्त्रीले प्रतिरोधको शैलीमा प्रश्नको सिमा र मर्यादा हुन्छ भने पछि स्थिति थप तनावपुर्ण बनेको थियो। त्यसपछि संसदमा सत्तापक्ष सांसद, प्रतिपक्षी सांसद र रोष्टबाट प्रधानमन्त्रीको भनाभन नै चल्यो। कांग्रेस सांसदहरुले संसदीय मर्यादालाई कायम गर्न निरन्तर सभामुखको ध्यानाकर्षण गराईरहे पनि सभामुखले त्यसबारे केही निर्णय गरेनन्।

विपक्षी दलका सांसदको नाराबाजीबीच प्रधानमन्त्रीले आफ्नो जवाफ सकाएका थिए।

विरोध चलिरहेकै बेला संसोधनकर्ताको बाट बोल्ने समय पाएका नेपाली कांग्रेसका सांसद डाक्टर मिनेन्द्र रिजालले सभामुखले संसदको गरिमा कायम गर्न नसकेको भन्दै आक्रोश पोखे। उनले भने– “सभामुख महोदय, संसदको गरिमा आज कायम गर्न सक्नुभएन। सभामुख महोदय, यसरी संसद चल्दैन। गरिमा कायम गर्न सक्नुभएन। यसरी संविधानको पालना हुदैन भनेर आशंका व्यक्त गरेर संसोधन दर्ता गरायौ। प्रधानमन्त्रीबाट गरिमा कायम भएन। सभामुखले त्यो काम गराउन सक्नुभएन। दुखका साथ भन्नुपर्छ यो भन्दा नराम्रो काम संसदीय अभ्यासमा हुन सक्दैन। सभामुख महोदय, यसरी संसदको गरिमालाई तल नपार्नुहोस । संसदीय अभ्यासलाई कमजोर नबनाउनुहोस्। एउटा व्यक्तिको प्रतिष्ठाका लागि संसद झुक्नुपर्ने ? नागरिक झुक्नुपर्ने। यो लोकतन्त्र होइन। यो संविधान होइन। त्यही आंशकाबाट संशोधन राख्या हो । ”

सांसदहरुको नाराबाजीका बीच सभामुखले सरकारको नीति तथा कार्यक्रममाथि परेका संशोधन प्रस्तावहरुको प्रक्रिया अघि बढाए। विपक्षी दलका सांसदको नाराबाजीका बाबजुत सभामुखले बैठकबाट सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गरे। साथै उनले बैशाख २७ गते देखि बजेट पूर्वको विनियोजन विधेयकको सिद्धान्त र प्राथकिताका बारेमा छलफल हुने जानकारी पनि गराए। अर्को बैठक २७ गते शुक्रबार बिहान ११ बजेका लागि बोलाईएको छ।

प्रधानमन्त्रीको जवाफमा सांसदहरु प्रेम सुवाल, दिव्यमणि राजभण्डारी, पुष्पा भुसाल गौतम, सुजाता परियार, गगन कुमार थापा, दिलेन्द्र प्रसाद बडू, पार्वता डिसी चौधरी, डिला संग्रौला पन्त, हिरा गुरुङ, राजेन्द्र कुमार केसी, संञ्जय गौतम, देवेन्द्रराज कँडेल, शरद सिंह भण्डारी, अनिल कुमार झा, उमा रेग्मी, डाक्टर मिनेन्द्र रिजाल, लक्ष्मी परियार, ज्ञानेन्द्र बहादुर कार्की, प्रमिला राई, मिन बहादुर विश्वकर्मा, मिना पाण्डे, तेजुलाल चौधरी, अमरेश कुमार सिंह, प्रकाश रसाईली स्नेही, राम बहादुर विष्ट, दुर्गा पौडेल, महेन्द्र राय यादवले प्रतिप्रश्न गरेका थिए।

सांसदहरुले महाकाली नदीमा कुन कुन तुईन कहिले विस्तापित भए ? एनसेल संग कर उठाउने कि नउठाउने ? संविधान संसोधन गर्न तयार पनि भन्ने अनि संसोधनका लागि तयार पनि नहुने बोल्ने एक थरी गर्ने अर्कोथरी किन भनी प्रश्न सोधेका थिए।

पुष्पा भुसाल गौतमले निर्मला पन्तका अपराधी कहिले जेल जाने ?भनी प्रश्न गरिन्।

दिलेन्द्र प्रसाद बडूले महाकालीमा दार्चुलाको लाली र तिग्डम झोलुङ्गे पुल दुन्द्ध समाप्त हुने वित्तिकै सुरु गरेर सम्पन्न भएका बाहेक अन्य भएको जनकारी गराउन माग गरे।

डाक्टर मिनेन्द्र रिजालले संविधानले राष्ट्रपतिको मातहत नेपाल सरकार राखेको छैन तथा संविधानले प्रदेशलाई संघ मातहत नराखेको भन्दै त्यसबारे जवाफ माग गरे।

प्रतिक्रिया