२०८३, ११ असार बिहीबार
×

ट्रेन्डिङ

“राष्ट्रपतिले ‘मेरो सरकार’ भन्नु गलत होईन” :-प्रधानमन्त्री

1805 Shares
Spread the love

बैशाख २३-  प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीले सदनमा शुक्रबार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दा ‘मेरो सरकार’ भन्नु अन्तरराष्ट्रिय प्रचलनअनुरुप भएको टिप्पणी गरेका छन ।छिमेकी मुलुक भारतसहित संसारका धेरै देशमा राष्ट्रपतिले सरकारका नीति तथा कार्यक्रम प्रस्तुत गर्दा ‘मेरो सरकार’ भन्ने गरेको दृष्टान्त प्रस्तुत गर्दै प्रधानममन्त्रीले नेपालमा पनि सोहीअनुरुप राष्ट्रपतिले भन्नु जायज रहेको बताए।

उनले भने,“मेरो देश, मेरो भाषा भनेजस्तै मेरो सरकार भनिएको हो, यसलाई मेरो नीति भनिएको भनेर व्याख्या गर्न भएन ।”
प्रधानमन्त्रीले जन्मसिद्ध श्रेष्ठताका आधारमा चयन भएको राजतन्त्रमा ‘मेरो सरकार’ भन्नुचाहिँ उपयुक्त हुने तर जनप्रतिनिधिका रुपमा रहेको राष्ट्रपतिले भन्नु अनुपयुक्त हुने भनी गरिएका टिप्पणी नै गलत भएको ठहर गरे । रासस

प्रतिक्रिया