२०८३, ११ असार बिहीबार
×

ट्रेन्डिङ

“समाजवादी पार्टी नेकपा र कांग्रेस जस्तो हुँदैन”:- मुख्यमन्त्री रावत

2456 Shares
Spread the love

बैशाख २३ – प्रदेश २ का मुख्यमन्त्री लालबाबु रावतले आजैमात्र गठन भएको समाजवादी पार्टी नेपाल देशकै नम्बर वान पार्टी बन्ने दाबी गरेका छन् । उनले उक्त पार्टी ३ बर्षपछि देशकै ठुलो र नम्बर वान पार्टी बन्ने दाबी गरेका हुन् । आज संघीय समाजवादी पार्टी र नयाँ शक्ति पार्टीबीच भएको पार्टी एकता कार्यक्रममा बोल्दै उनले यस्तो दाबी गरेका हुन् ।

उनले देशको आवश्यकता अनुसार नै दुई पार्टीबीच एकता भएको बताउँदै भने “अबको ३ बर्षमा ३ नम्बर प्रदेशमा मात्रै नभई मुलुका सातै वटै प्रदेशमा समाजवादी पार्टीको सरकार बन्छ ।” रावतले जनताको समस्या किटान गरेर पार्टी एकता गरेकोले समाजवादी पार्टी नेकपा र कांग्रेस जस्तो नहुने ठोकुवा गरे । उनले विगतको आन्दोलनको संस्थागन र अहिलेको समस्या सवाधान गर्न पार्टी एकता गरेको बताए । पार्टीको एजेन्डा, पार्टीको नेतृत्व सक्षम भएकोले समाजवादी पार्टी नेपाल देशकै आमुल परिवर्तनका गर्ने पार्टी बन्ने उनको भनाई छ

प्रतिक्रिया