बैशाख २३ -इस्टर पर्व मनाईरहेको बेला श्रीलंकामा भएको आत्मघाती बम बिस्फोटको घटनापछि श्रीलंका सरकार कडा रुपमा प्रस्तुत भईरहेको छ । उक्त घटनामा अधिकांश श्रीलंकाकै मुस्लिम युवायुवतीदेखि बिदेशीहरुको समेत संलग्नता देखिएपछि सरकार कडा रुपमा प्रस्तुत भईरहेको छ । हमलामा बिदेशी संलग्नता पनि देखिएको भन्दै उसले ३९ भन्दा बढि देशका नागरिकहरुलाई भिजा दिन रोक लगाएको छ भने मुस्लिम महिलाहरुलाई बुर्खा लगाउन समेत प्रतिबन्ध गरेको छ ।
यता सरकारले उक्त बिस्फोटको सुक्ष्म अध्ययन र अनुसन्धान गरेसंगै २ सय इस्लामिक धर्मगुरुसहित ६ सय बिदेशीलाई देश निकाला गरेको छ । गृहमन्त्री बी. अबयवर्दनाका अनुसार देश निकाला गरिएकामध्ये कोही भिजा सकिएर पनि श्रीलंकामा नै बसिररहेको र केहीमा संकास्पद गतिविधी देखिएको भन्दै देश निकाला गरिएको हो ।

देश निकाला गरिएकामा कुन कुन देशका नागरिकहरु छन् भन्ने खुलाईएको छैन । तथापी तिनीहरुमा भारत , बंगलादेश ,मालदिभ्स र पाकिस्तानका नागरिकहरु रहेको बताईएको छ । श्रीलंकामा केही धार्मिक संस्थाहरुले लामो समयदेखि बिदेशी उपदेशकहरु राखेका थिए । सरकारले उनीहरुप्रति भने कुनै कारवाही गरेको छैन तर एकाएक नयाँ धार्मिक गुरुहरुमाथि भने निगरानी बढाएको छ ।
गृहमन्त्रालयले केही धार्मिक गुरुहरुले स्थानीयहरुलाई भड्काएर आतंककारी गतिविधी गराउन सक्ने आशंका गरेको छ । इस्टर पर्वको बेला ९ र त्यसपछि पनि २ वटा आत्मघाती बिस्फोटमा परि २ सय भन्दा बढिको ज्यान गएको थियो भने ५ सय भन्दा बढि घाईते भएका थिए । जुन आक्रमणको जिम्मा आइएसले लिएको थियो । घटनापछि सरकारले सुरक्षा सतर्कता निकै उच्च बनाएको छ किनकी श्रीलंकाबाट संकट अझै टरिसकेको छैन । एजैन्सीको सहयोगमा