२०८३, १० कार्तिक सोमबार
×

यी युवतीले बंगलादेश टेके सिधै मृत्युदण्ड

1225 Shares

बैशाख २३ – इस्लामिक स्टेट (आईएस) मा जानका लागि ब्रिटेन छाडेकी किशोरी शमिमा बेगमलाई कुनै पनि देशले आफनो नागरिकको रुपमा स्वीकार गरेको छैन । उनले सिरियामा गएर आइएस लडाकुसंग प्रेम बिवाह गरेपछि बेलायतले पनि उनको नागरिकता रद्ध गरिसकेको छ । बेलायतले उनलाई आमाबुवा बाङ्ग्लादेशी भएकाले उनी अर्को देशको नागरिक बन्न योग्य रहेको भन्दै बंगलादेश नै जान भनेको थियो । तर बंगलादेशले पनि शमिमासंग आफनो देशको कुनै सम्बन्ध नरहेको भन्दै आफनो नागरिकको रुपमा स्वीकार गर्न मानेको थिएन । उनले शमिमालाई बंगलादेशसंग जोडेको भन्दै उसले आपत्तिसमेत जनाएको थियो । जिहादीको श्रीमती बनेकै कारण यतिबेला शमिमासंग आफु कुन देशको नागरिक हो भन्ने नै कुनै परिचय छैन ।

यता बंगलादेशले भने शमिमाले यदि आफनो देशको भुमि टेकिन् भने सिधै मृत्युदण्ड दिईने बताएको छ । बंगलादेशका बिदेश मन्त्री अब्दुल मोमिनले बीबीसीसंगको कुराकानीमा यस्तो बताएका हुन् । उनले शमिमा बेगम बंगलादेशको समस्या नै नरहेको बताएका छन् । उनले भने “शमिमाले कहिले पनि बंगलादेशको नागरिकता मागेकी छैनन र उनको अभिभावक पनि बेलायती नागरिक हुन्” । उनले बंगलादेशको कानुन नै आतंकवादीहरुलाई मृत्युदण्ड भन्दा अरु कुनै सजाय नरहेको उनको भनाई छ ।

उनले शमिमाको जिम्मा बेलायतले नै लिनु पर्ने दाबी गरे । यता शमिमाले भने आफु सिरिया गएको तर कुनै पनि अपराधिक कार्यमा संलग्न नरहेको बताउँदै आएकीछिन् । त्यतीमात्र होईन उनले आफनो नागरिकता रद्ध गरेको बेलायतको गृहमन्त्रालयको फैसलाबिरुद्ध अपिलसमेत गरेकीछिन् । अन्तर्राष्ट्रिय कानुनअनुसार सरकारहरूले नागरिकलाई राज्यविहीन बनाउन पाउँदैनन् । तर यस मानेमा बेलायत र बंगलादेशबीच भने एकले अर्कालाई शमिमाको जिम्मा लिनु पर्ने बताउँदै आएका छन् । हाल सिरियाली शरणार्थी शिविरमा बसिरहेकी उनले भने बेलायत नै फर्किएर जीवनयापन गर्न चाहेको बताएकी छिन् ।-एजेन्सीको सहयोगमा

प्रतिक्रिया