२०८३, १० कार्तिक सोमबार
×

1 सय ३६ यात्रु बोकेको विमान नदीमा खस्यो

1009 Shares

एजेन्सी । अमेरिकाको फ्लोरिडामा रनवेबाट चिप्लिएर १ सय ३६ यात्रु बोकेको जहाज नदीमा खसेको छ । बोइग ७३७ विमान फ्लोरिडाको नदीमा खसेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । उनीहरुको अवस्था कस्तो छ भन्ने कुरा अहिलेसम्म जानकारी प्राप्त हुन नसकेको अमेरिकी सञ्चार माध्यमले जनाएका छन् ।

जहाज पानीमा तैरिएकाले मानविय क्षति नभएको अनुमान गरिएको छ । उद्दारका लागि चिकित्सक सहितको टोली घटनास्थल पुगेको छ । घाईतेको स्थानीय अस्पतालमा रेफर गरेर उपचार शुरु गरिएको छ । जहाज क्यूबाबाट अमेरिकाका लागि आएको र अवतरणका क्रममा चिप्लिएको अमेरिकी अधिकारीहरुले बताएका छन् ।

प्रतिक्रिया