२०८३, ११ असार बिहीबार
×

ट्रेन्डिङ

“पार्टीमा अनुशासन नभएसम्म निर्वाचन जित्न सकिँदैन ” :- देउवा

1183 Shares
Spread the love

बैशाख २०-  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र अनुशासनको खाँचो रहेको बताएका छन् । कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको शपथ ग्रहण कार्यक्रममा पार्टी कार्यालय सानेपामा आयोजित कार्यक्रममा उनले पार्टीमा अनुशासन नभएसम्म निर्वाचन जित्न नसक्ने बताए ।“निर्वाचनको बेला टिकट पाउनेलाई सहयोग गरौँ, निर्वाचन जिताउन लागौँ”, उनले भने ।
सभापति देउवाले पार्टीको आन्तरिक निर्वाचनमा हार्ने व्यक्तिले जित्ने व्यक्तिलाई असहयोग गर्दा पार्टी कमजोर बन्दै गएको बताए । “एक अर्कालाई सहयोग नगरेसम्म पार्टी बलियो हुन सक्दैन”, उनले भने ।

उनले कांग्रेस समावेशी पार्टी भएकाले यसलाई बलियो बनाउनका लागि केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरे ।पार्टीका उपसभापति एवं केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका संयोजक विमलेन्द्र निधिले कांग्रेसको विधान अरु पार्टीको भन्दा उत्कृष्ट भएकाले यसलाई आम जनतामाझ लैजानुपर्ने बताए । संयोजक निधिले प्रतिष्ठानले पार्टीको नीति बनाउने कुरा, अनुसन्धान गर्ने र प्रशिक्षण दिने बारेमा काम गर्ने उल्लेख गरे । “प्रदेशस्तरमा समेत केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान लैजान्छौँ”, उनले भने ।

उनले पार्टीको यही वैशाख २५ गतेदेखि सुरु हुन लागेको ‘हिमाल, पहाड तराई–मधेस जागरण अभियानलाई सहयोग गर्न प्रतिष्ठानका सदस्यको महत्वपूर्ण भूमिका रहेको बताए ।कांग्रेसको प्रशिक्षण प्रतिष्ठान ५१ सदस्सीय कार्यसमिति भए पनि बिहीबार ४५ सदस्यले शपथ ग्रहण गरेका थिए । आगामी निर्वाचनमा कांग्रेसलाई विजयी बनाउनका लागि प्रतिष्ठानले काम गर्ने प्रतिष्ठानका कार्यकारी निर्देशक पुरुषोत्तम दाहालले जानकारी दिए ।रासस

प्रतिक्रिया