बैशाख १९ – प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमाथिको दुरुपयोग निस्तेज पार्दै लानु पर्ने बताएका छन् । राष्ट्रिय सुचना तथा सञ्चार प्रविधि दिवशको बिहिबार उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । उनले प्रविधीलाई नकारात्मक कुराको प्रचार गर्ने माध्यमको रुपमा प्रयोग भइरहेको बताउँदै भने ‘सामाजिक सञ्जाल र सुचना प्रविधिलाई गलत रुपमा उपयोग गर्नु मुन्तलामा ऐजेरु र धानमा साँवा पलाए जस्तै हो’ यसकारण यस्ता प्रवृतिलाई निस्तेज पार्दै लैजानु पर्दछ ।’
नेपाली समाजले सुचना प्रविधिमा छोटो समयमा नै फड्को मारेको बताउँदै उनले सुचना प्रविधि अहिले अत्यावश्यक वस्तु भइसकेको बताए । बताए । उनले प्रविधिलाई उत्पादनसँग जोड्नु पर्ने बताए पर्ने बताउँदै भने ‘प्रविधिलाई उत्पादन र विकाससँग जोडेर उपयोग गर्नुपर्दछ ” प्रधानमन्त्री ओलीले भने, ‘प्रविधिले छिटो र उन्नतस्तरको ज्ञान दिन सक्छ । त्यसको सदुपयोग गर्नु पर्दछ ।’