२०८३, १० कार्तिक सोमबार
×

राष्ट्रसङ्घको आतङ्कवादी सूचीमा परे कश्मीर आक्रमण गराउने अजहर

2544 Shares

एजेन्सी – हालै भारतको कश्मीरमा आत्मघाती आक्रमण गराउने समूहका नेता मसूद अजहरलाई संयुक्त राष्ट्रसङ्घ युएन ले आतङ्कवादी घोषणा गरेको छ। मसूद अजहर भारत र पाकिस्तानबीच हंगमा गराउने जैश–ए–मोहम्मद समुहका प्रमुखसमेत हुन् ।

जैश–ए–मोहम्मद समुहले गत फेब्रुअरीमा कश्मीरको पुलवामामा ४० जना भारतीय अर्धसैनिक बलका सदस्यको ज्यान जानेगरी ठूलो विस्फोटन गराएको थियो।

उनलाई आतंकारी घोषणा गरेपछि भारतले आफ्नो कूटनीतिक जित भएको मानेको छ । राष्ट्रसङ्घका लागि भारतीय राजदूत सैयद अकबरुद्दिनले ट्विट गर्दै लेखेका छन्, “सबै देशको साथले अजहर आतङ्कवादी घोषित भएका छन्। सबैको सहयोगका लागि हामी कृतज्ञ छौँ ।” अब मसूदमाथि सम्पत्ति रोक्का एवं भ्रमणलगायतका विषण्मा प्रतिबन्धहरू लाग्नेछन्।

प्रतिक्रिया