२०८३, ११ असार बिहीबार
×

ट्रेन्डिङ

कांग्रेस नेता प्रधानले दिए प्रम ओलीलाई धन्यवाद

935 Shares
Spread the love

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्व रक्षामन्त्री भीमसेनदास प्रधानले प्रधानमन्त्री केपी शर्मा ओलीले कडा निर्देशन दिएकोले खुल्ला मञ्चका सटर हटाईएको भन्दै प्रधानमन्त्री ओलीलाई धन्यवाद दिएका छन् ।

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै नेता प्रधानले यस्तो बताएका हुन् ।

खुल्लामञ्चको सटर हटाउनको लागि प्रधानमन्त्री ओलीको साथै पत्रकार ऋषि धमलाको पनि महत्वपूर्ण भूमिका रहेको प्रधानको भनाई छ ।

उनले भने,‘म सम्पूर्ण मिडियालाई धन्यवाद भन्न चाहन्छु। खासगरी रिपोर्टर्स क्लब नेपाल, जसले यो विषयको पर्दाफास गरेको हो । यहीँबाट सुरु भएको अभियानले आज सार्थकता पाएको छ ।’

बैशाखभित्रमा टुँडिखेलको अतिक्रमित जग्गा खालि नभएको भए आफूहरुले जेठ १५ गतेदेखि सशक्त आन्दोलन गर्ने योजना बुनिसकेको पनि प्रधानले स्मरण गराए । यद्यपी प्रधानमन्त्री ओलीले तत्कालै निर्देशन दिएर खुल्लामञ्चका सटर भत्काउन लगाएको भन्दै उनले प्रधानमन्त्री ओलीलाई पूनः धन्यवाद दिए ।

त्यस्तै, उनले इतिहाँसमै मिडियाले छ्याप्छ्याप्ती गरेर समाचार छापेको पनि यही टुँडिखेलको जग्गा प्रकरण भएको जिकिर गरे । उनले भने,‘सार्वजनिक सम्पत्ति जोगाउन सबै लाग्नुपर्छ । भूमाफीयाहरुलाई कडाभन्दा कडा कारबाही हुनुपर्छ ।’

कुनै दल विशेषको नभई जनताको प्रतिनिधि भएर यस्तो गलत कार्यको विरोध गर्नुपर्ने उनको भनाई थियो । ‘भ्यु–टावर’बाट सुरु भएको माफियाकरण खुल्लामञ्चसम्म पुगेको नेता प्रधानको आरोप छ ।

फरक प्रसगमा उनले नेपालको इतिहासमै अहिलेसम्मको बलियो सरकार भएपनि वर्तमान सरकारले काम गर्ने अवसर गुमाएको आरोप लगाए । उनले भने,‘यो सरकार अहिले काण्डै काण्डमा मुछिएको छ ।’

प्रतिक्रिया