२०८३, १० कार्तिक सोमबार
×

जेट एयरवेजका कर्मचारीले गरे आत्महत्या

1374 Shares

नयाँ दिल्ली – आर्थिक संकटका कारण अस्थायी रुपमा बन्द भएको भारतको वायुसेवा कम्पनी ‘जेट एयरवेज’ का एक कर्मचारीले आत्महत्या गरेका छन् ।

प्रहरीका अनुसार ५३ वर्षीय वरिष्ठ प्राविधिक कर्मचारी शैलेषकुमार सिंहले आत्महत्या गरेका हुन् । उनी तीन वर्षयता क्यान्सर रोगबाट पीडित थिए ।

पछिल्ला चार महिना उनको अवस्था गम्भीर हुँदै गएको थियो । प्रहरीका अनुसार उनले दुई महिनादेखि तलव पाएका थिएनन् । अस्पतालमा भर्ना गरिएका उनलाई गत शुक्रबार आफ्नै निवास महाराष्ट्रस्थित पालघरमा ल्याइएको थियो । शुक्रबार नै उनले घरको चौथो तलाबाट हामफालेर आत्महत्या गरेको बताइएको छ ।

शैलेषका जेठो छोरा पनि जेट एयरवेजमै काम गर्छन् । उनले पनि तलव पाएका छैनन् ।

जेट एयरवेजले आर्थिक संकटका कारण आफ्ना सबै उडान बन्द गरेपछि कर्मचारीहरु कामविहीन भएका छन् । कर्मचारीहरुले आर्थिक संकटका कारण आफू र परिवार तनावमा रहेको भन्दै समय समयमा प्रदर्शनसमेत गरेका छन् ।

प्रतिक्रिया