बैशाख १४ – गत आईतबार इस्टर पर्व मनाईरहेका मानिसहरुलाई लक्ष्ति गरी विभिन्न चर्च तथा स्टार होटलहरुमा गराईएको आत्मघाती बिस्फोटपछि श्रीलंकाको सुरक्षासंयन्त्रलाई लिएर निकै आलोचना भईरहेको छ । घटनापछि विभिन्न समाचारहरु पनि आए की हमलाको बारेमा पूर्व सुचना प्रहरीलाई थियो ।प्रहरी संगठनले आफनो खुफिया एजेन्सीहरुको सूचनाको आधारमा सरकारलाई आतंककारी हमला हुन सक्ने भनेर सजगसमेत बनाईएको थियो । प्रहरी संयन्त्रलाई श्रीलंकामा यस्तो हमला हुँदैछ भन्ने १० दिन अघि नै थाहा थियो । प्रहरीले सरकारलाई आतंकवादीहरुको प्रमुख निसाना श्रीलंकाका चर्चहरु रहेको भन्दै सर्तक पारेको बताईएको छ । तर सरकारी बेवास्ताको कारण श्रीलंकामा ठुलो नरसंहार हुन पुग्यो । तर उक्त हमलाको पूर्व सूचनाबारे जानकार हुँदा हुँदै पनि प्रधानमन्त्रीलाई समेत जानकारी नदिईएको खुलासा भएको भएको थियो । यसबारेमा प्रधानमन्त्री रानिल विक्रमसिंघेले बोलेका छन् ।
यसअघि दाबी गरिए जस्तै हमलाको बारेमा आफुलाई कुनै जानकारी नै नदिईएको उनले स्पष्ट पारेका छन् । बीबीसीसंगको कुराकानीमा उनले देशमा ठुलो आक्रमण हुँदैछ भनेर दिईएको खुफिया चेतावनीको बारेमा आफुलाई कुनै जानकारी नदिएको बताएका हुन् । हमलापछि श्रीलंकाको सुरक्षा संयन्त्र चुकेको भन्दै वरिष्ठहरुको राजिनामा समेत माग गरिएको थियो । राष्ट्रपति मैत्रीपाला सिरिसेनाले हमलाको बारेमा पूर्व जानकारी हुँदा हुँदै पनि आक्रमण रोक्न नसकेको भन्दै रक्षा सचिव र प्रहरी प्रमुखलाई राजिनामा दिन लगाईसकेका छन् । यता प्रधानमन्त्री रानिल विक्रमसिंघेको पनि राजिनामा माग भने नगरिएको होईन तर उनले राजिनामा दिन अस्वीकार गरेका छन् । उनले आफुलाई उक्त खुफिया चेतावनीको बारेमा जानकारी नै नदिएपछि घटनाको जिम्मेवार आफु नरहेको बताएका छन् ।
उनले बीबीसीसंगको कुराकानीमा भने “यदि मलाई यसको बारेमा जानकारी थियो र त्यसपछि पनि मैले कुनै कारवाही नगरेको भए म तत्काल राजिनामा दिन्थे । तर मलाई घटनाको बारेमा पूर्व जानकारी नै थिएन भने म के गर्न सक्थे ?” आईतबारको हमलापछि श्रीलंकामा आइएससंग संलग्नता रहेका मानिसहरुको खोजी कार्य तिव्र पारिएको छ । जसमा श्रीलंकामा १३० जना रहेको बताईएको छ । तीमध्ये ७० भन बढि प्रक्राउ परिसकेका छन् । केहीले देश छोडेर भागेको हुन सक्ने पनि अनुमान सरकारले गरेको छ । आजै मात्र पनि आइएसका कार्यकर्तासंग सुरक्षाकर्मीको भिडन्त भएको छ । भिडन्तको क्रममा आतंककारीले आत्मघाती बिस्फोट गरेका छन् । जुन बिस्फोटमा १५ जनाको शव फेला परेको प्रहरी प्रवक्तले बताएका छन् । एजेन्सीको सहयोगमा