काठमाडौँ -चन्द्रगढी पछिल्लो समयमा त्यहाँका स्थानियवासिको मात्र नभई विदेशीको समेत आकर्षण बढेको छ । घुमफिर गन्तव्यको रूपमा विकसित पर्यटकीय स्थल चन्द्रगढी लाई फेरी विवादमा तान्ने प्रयास गरिएको छ । चन्द्रागिरीमा रहेको राष्ट्र निर्माता पृथ्वी नारायण शाहको सालिक हटाउनु पर्ने भन्दै केही जनजाति नेताले प्रदर्शन गरेका छन् । आदिवासी जनजातनी भित्र अराजक नेताको नाम पाएका बेला बेलामा विवादमा परिरहने आङकाजी शेर्पा लगायतले बुधवार चन्द्रगढी पुगेर यस्तो प्रदर्शन गरेका हुन् ।

राष्ट्र निर्माता पृथ्वीनारायण शाहलाई जनहत्याराको आरोप लगाउँदै शेर्पाले कीर्तिलक्ष्मीका बारे प्रशंसा गरेका छन् । शेर्पासहितको जनजाती टोलीले चन्द्रागिरीमा किर्ती लक्ष्मीको तस्बिर देखाउँदै प्रदर्शन गरेका हुन् । उनका अनुसरा पृथ्वीनारायण शाहसंग पुरूषको भेष लगाएर साहसिक महिला योद्धा किर्ती लक्ष्मीले युद्धा लडेकी थिइन् । युद्धमा लडदा किर्तीलक्ष्मीले आफ्नो नाम पुरूषको नाम भैरव सिंह राखेकी थिइन् । यस्तै, पृथ्वीनारायणका हजारौ सेनाले चारैतिरा घेरा हाल्दा किर्ती लक्ष्मी एक्लै धनुष र खुँडा लिएर साहसिक युद्ध लडेको शेर्पाले दावी गरेका छन् ।उनै कीर्तिलक्ष्मीको नामबाट हालको कीर्तिपुर नाम राखिएको हो । पृथ्वी नारायणका सेनाले गिराफ्तार गरेर बन्दी बनाएको अवस्थामा उनी आफैंले आफ्नो जीवन समाप्त गरेको किंवदन्ती छ भने उनलाई अजिमा को रूपमा अहिले पनि पूजा गर्ने गरिन्छ । पृथ्वीनारायण शाहले काठमाडौं आक्रमण गर्नुअघि चन्द्रागिरीमा रहेको भालेश्वर महादेवको दर्शन गरेको किँवदन्ती छ । तर, शाहले विजयपश्चात कीर्तिपुरका नेवारहरुको नाक काटेको भन्दै शेर्पाकै नेतृत्वमा विरोधका कार्यक्रम हुँदै आएका छन् ।