२०८३, १० कार्तिक सोमबार
×

एयर इण्डियाको विमानमा आगलागी

1732 Shares

भारत । भारत राजधानी नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा एयर इण्डियाको विमानमा आगलागी भएको छ ।बुधबार अबेर बोइङ ७७७ विमानमा आगलागी भएको हो । अमेरिकाको सन फ्रान्सिस्को जाने तयारीमा रहेको विमानको एसी मर्मत गर्ने क्रममा आगलागी भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

आगलागीको समयमा विमान खाली रहेकाले आगलागीबाट कुनै मानवीय क्षति नभएको अधिकारीले जनाएका छन् । एयर इण्डियाले भने यो घटनालाई सामान्य घटना भएको भन्दै चिन्ता गर्नुपर्ने कुनै कराण नभएको जनाएको छ ।आगलागी तत्काल नियन्त्रणमा लिइएको र घटनाबारे अनुसन्धान शुरु गरिएको भारतीय अधिकारीले जनाएका छन् ।

प्रतिक्रिया