२०८३, १० कार्तिक सोमबार
×

हट्यो टिकटकमाथिको प्रतिबन्ध

2495 Shares

बैशाख ११-  विश्वमै चर्चित एव टिकटकलाई भारतमा रोक लगाउन निकै प्रयास भए । मद्रास उच्च अदालतले केन्द्रिय सरकारलाई आदेश दिँदै टिकटकमाथि प्रतिबन्ध लगाउन भनेको थियो । मद्रास उच्च अदालतले टिकटकमा अश्लिल सामाग्रीहरु भएको र त्यसले बालबालिकामाथि असर परेको भन्दै टिकटक प्रतिबन्ध लगाउन भनेको थियो । यता सुप्रिम कोर्टले टिकटकमाथि रोक फुकाउन सरकारलाई आदेश दिएको थियो । केही सिप नलागेपछि भारतले गुगल र एप्पललाई भारतमा टिकटक एप हटाउन पत्रकार गरेको थियो । एप्पल र गुगलले भारतमा टिकटकको एप हटाईसकेको छ । त्यसपछि कसैले टिकटक डाउनलोड गर्न पाएका थिएनन् । जतिले डाउनलोड गरेका थिए उनीहरुले मात्र चलाउन पाएका थिए ।

यता टिकटकको चिनियाँ कम्पनी बाइटडांसले भने सुप्रिम कोर्टमा उच्च अदालतको फैसलाबिरुट रिट दायर गरेको थियो । अन्तत: चिनियाँ कम्पनीले उक्त मुद्धा जितेको छ । सोही कारण मद्रास उच्च अदालतले टिकटकमाथि लगाएको प्रतिबन्ध हटाएको छ । मद्रास उच्च अदालतले अप्रिल ३ मा टिकटकमाथि प्रतिबन्ध लगाएको थियो । ठिक २१ दिनपछि उसले रोक हटाएको छ । चिनियाँ कम्पनीले भारतमा टिकटकमाथि रोक लगाउँदा आफुलाई दैनिक ५ लाख डलर नोक्सान भएको भन्दै सुप्रिम कोर्टमा उच्च अदालतको फैसालबिरुद्ध रिट दायर गरेको थियो । यता भारतमा अहिलेसम्म ३० करोडभन्दा बढि पटक टिकटक एप डाउनलोड भईसकेको छ । -एजेन्सीको सहयोगमा

प्रतिक्रिया