२०८३, १० कार्तिक सोमबार
×

श्रीलंकामा बुर्खामाथि प्रतिबन्ध लगाउने तयारी

1031 Shares

बैशाख ११ – आईतबार इस्टर पर्वमा प्रार्थना गरिरहेका मानिसहरुलाई लक्ष्ति गरी विभिन्न चर्च तथा स्टार होटलहरुमा गरिएको आत्मघाती बिस्फोटले यतिबेला श्रीलंका शोकमा डुबेको छ । ३२० भन्दा बढिको ज्यान गएपछि देशमा संकटकालको घोषणा गरिएको छ । श्रीलंकामा अझै पनि आक्रमणको आशंका गरिएको छ । आक्रमणको जिम्मा आइएसले लिए पनि त्यसको आधिकारिक पुष्टी हुन नसकेको बताईएको छ । यता ८ वटा बिस्फोटपछि पनि श्रीलंकामा अझै पनि बारुदले भरिएको ट्रक र भ्यान घुमिरहेको दाबी गरिएको छ । आईतबार पनि ८ वटा बिस्फोट भएपछि भोलीपल्ट चर्च परिसरमा नै संकास्पद गाडी देखिएपछि खोजतलास गर्दा बारुदले भरिएको गाडी फेला परेको थियो । जसलाई निश्किृय पार्ने क्रममा बिस्फोट हुँदा २ जनाको ज्यान गएको थियो । यता सरकारले हाल बम र बारुदले भरिएको सो ट्रक र भ्यान कुनै पनि हालतमा खोजी गर्न कडा निर्देशन दिएको छ ।

घटनामा सरकारले स्थानीय चरमपंथी समूह नेशनल तोहिद जमातको पनि भूमिका रहेको निस्किर्ष निकालेको छ । किनकी यही संगठनमा आवद्ध रहेका एक जना कोलम्बोका एक मुस्लिम व्यापारीका छोराले समेत आइतबार भएको बिस्फोटमा होटलमा आत्मघाती बिस्फोट गराएको बताईएको छ । प्रहरीले अहिलेसम्म घटनामा संलग्न रहेको आरोपमा ३५ भन्दा बढिलाई प्रक्राउ गरिसकेको छ जसमा महिलाहरु पनि रहेका छन् । कतिसम्म भने आत्मघाती बिस्फोट गराउनेमध्ये एक जनाले होटलमा आफनो सही ठेगाना लेखेकोले सोही ठेगानालाई पछ्याउँदै गएको प्रहरीले उक्त आतंककारीको घर पुगे । प्रहरी आएको थाहा पाएपछि ती आंतककारीको श्रीमतीले समेत आफै बम बिस्फोट गरी आफु र आफना छोराहरुलाई समेत मारेको मिडियाले जनाएका छन् ।

यसरी श्रीलंकामा भएका आक्रमणको महिलाहरुको पनि संलग्नता देखिएपछि अब श्रीलंकामा बुर्खामाथि प्रतिबन्ध लगाईने तयारी भईरहेको विभिन्न मिडियाहरुले उल्लेख गरेका छन् । बम बिस्फोटको अनुसन्धानमा खटिएका अधिकारीहरुले उक्त हमलामा महिलाहरुको पनि सहभागिता पनि धेरै रहेको पाएपछि बुर्खामाथि प्रतिबन्ध लगाउने तयारी सरकारले गरेको हो । यसका लागि सरकारी अधिकारीहले मस्जिदका विभिन्न अधिकारीहरुसंग छलफल गरिरहेका छन् भने यसको प्रस्तावसमेत राष्ट्रपति मैत्रीपाला सिरीसेना समक्ष पनि पुगिसकेको बताईएको छ । एजेन्सीको सहयोगमा

प्रतिक्रिया