बैशाख १०- भारतीय राजनिती क्षेत्रमा नेपाललाई लिएर बिवादास्पद अभिव्यक्तिहरु नेता तथा मन्त्रीहरुले दिदैँ आएका छन् । जसको कारण धेरै जना बिवादमा पनि आए । केही समय अगाडीमात्र जनकपुरलाई भारतीय भुभाग भनेर टिप्पणी गर्ने मन्त्रीलाई निलम्बन नै गरिएको थियो । यतिबेला भारतमा आम निर्वाचन चलिरहेको छ । सत्तारुढ दलले चुनावी प्रचारका लागि आफुलाई चौकीदारको उपनाम दिएका छन् । जसलाई लिएर बिपक्षी दलहरुले विभिन्न खाले अभिव्यक्ति दिईरहेका छन् । यही चौकीदारको प्रसंगमा पछिल्लो समय भारतीय नेताहरुले नेपाललाई बारम्बार मुछिरहेका छन् ।

केही समय अगाडी आम आदमी पार्टीकी सांसद अल्का लाम्बाले नेपालीलाई चौकीदार भनेपछि उनी निकै बिवादमा आएकी थिईन् । उनीमाथि चर्काे गाली बर्सियो त्यसपछि उनले माफी माग्दै पोस्ट नै हटाएकी थिईन् । त्यसपछि पनि नेपालीलाई चौकीदार भन्न भारतीय नेताहरुले छाडेका छैनन् । यसैबीच कांग्रेसका नेता हार्दिक पटेलले फेरी पनि नेपालीको मानमा ठेस पुग्ने गरी चौकीदार शब्द प्रयोग गरेका छन् । उनले मिडियासंग कुराकानी गर्दे चौकीदार चाहिए नेपालबाट ल्याउने बताए ।

उनले भने “चौकीदार खोज्न परे म नेपाल जानेछु । मलाई देशमा प्रधानमन्त्री चाहिएको हो । जसले देशको अर्थव्यवस्था , शिक्षा र यस देशका युवाहरुलाई मजबुत बनाउँन सकोस । मलाई चौकीदार होईन प्रधानमन्त्री चाहिएको हो “। पछिल्लो पटक भाजपाले आफुलाई चौकीदार बनाएपछि बिपक्षी दलहरुले चौकीदारलाई नेपाल र नेपालीसंग जोडेर अभिव्यक्ति दिईरहेका छन् । जुन अभिव्यक्तिले अधिकांश नेपालीहरुको मन दुख्ने गरेको छ । हार्दिकले मात्र होईन कांग्रेसका अधिकांश नेताहरुले चौकीदारलाई नेपालसंग जोडेर आफनो अभिव्यक्ति दिईरहेका छन् ।

Congress leader Hardik Patel after casting his vote in Viramgam,says “Chowkidaar dhoondhna hoga toh mein Nepal chala jaaunga, mujhe desh mein PM chahiye jo iss desh ke arthvyavastha ko, shiksha ko, yuvaon, jawanon ko mazboot kar sake. Mujhe chowkidar nahi pradhan mantri chahiye.” pic.twitter.com/dYGjy7S7YW
— ANI (@ANI) April 23, 2019