२०८३, ११ असार बिहीबार
×

ट्रेन्डिङ

ओलीसहित छ जना जेल चलान

1422 Shares
Spread the love

बैशाख १०-  ललितपुरस्थित नख्खुमा भएको बम बिस्फोटमा संलग्न रहेको आरोपमा प्रक्राउ परेका विप्लव समूहका ६ जना जेल चलान भएका छन् । मंगलबार ललितपुर जिल्ला अदालतले पोलिटब्यूरो सदस्य हेमन्तप्रकाश ओलीसहित ६ जनालाई जेल चलानको आदेश दिएको हो । जेल चलान हुनेहरुमा ओलीसहित शिव धिमाल, दिकेन्द्र राई, रामकृष्ण खतिवडा, ईश्वर परियार र वीर बहादुर कठायत रहेका छन् ।

उनीहरुविरुद्ध कर्तव्य ज्यान, राज्यविरुद्धको अपराध, ज्यान मार्ने उद्योग र संगठित अपराध मुद्दा चलेको थियो । नख्खुमा भएको बिस्फोटमा एक जनाको मृत्यु भएको थियो भने अन्य २ जना घाईते भएका थिए । हिसांत्मक र विध्वंशात्मक गतिविधी गरेको भन्दै सरकारले विप्लव समूहमाथि प्रतिबन्ध लगाएको थियो । प्रतिबन्ध लागेसंगै देशभर प्रहरीले विप्लवका नेता तथा कार्यकर्ताहरुलाई प्रक्राउ गर्दे आईरहेको छ ।

प्रतिक्रिया