बैशाख १० – आईतबार श्रीलंकामा भएको आत्मघाती बम बिस्फोटको जिम्मा अन्तत इस्लामिक स्टेट (आईएस) ले लिएको छ । इस्टर पर्वको अवसरमा विभिन्न चर्चमा प्रार्थना गरिरहेका र स्टार होटलमा रहेका मानिसहरुलाई लक्ष्ति गरी गराएको बम बिस्फोट कसले गराएको हो भन्ने नखुलिरहेको समय आइएसले उक्त घटनाको जिम्मेवारी लिएको छ । उसले समाचार एजेन्सीको रायटरमाफर्त बताईएको छ की आईएसले आफनो समाचार एजेन्सी अमाकको माध्यमबाट श्रीलंकामा भएको बिस्फोट आफुहरुले गराएको स्वीकार गरेको छ । हालसम्म सरकारले उक्त हमलामा स्थानीय मुस्लिम संगठन नेशनल तोहिद जमात (एनटीजे) ले गरेको हुन सक्ने पनि आशंका गरेको थियो भने उनीहरुको शंका आईएसमाथि पनि थियो तर अन्तत : उक्त घटनाको जिम्मेवारी आईएसले लिएको अन्तराष्ट्रिय मिडियाहरुले जनाएका छन् ।

त्यसो त श्रीलंकाका रक्षा मन्त्री हेमासिरी फर्नांडोले न्युजिल्याण्डमा मस्जिदमा भएको आक्रमणको बदला लिन श्रीलंकाको चर्चमा बर्बरता गरेको बताएका थिए । आईएसले त्यसको बदला लिएको हो होईन भन्ने चाही पुष्टी भएको छैन तर घटनाको जिम्मेवारी उसले लिएको छ । हालसम्म उक्त बिस्फोटमा परि मर्नेको संख्या ३१० पुगेको छ । सरकारलाई हमलाको बारेमा पुर्व जानकारी रहेको तर कुनै पनि सर्तकता नअपनाउदा उक्त नरसंहार भएको भन्दै जनतामा आक्रोस देखिएको छ ।

प्रहरी संगठनले आफनो खुफिया एजेन्सीहरुको सूचनाको आधारमा सरकारलाई आतंककारी हमला हुन सक्ने भनेर सजगसमेत बनाईएको थियो । प्रहरी संयन्त्रलाई श्रीलंकामा यस्तो हमला हुँदैछ भन्ने १० दिन अघि नै थाहा थियो । प्रहरीले सरकारलाई आतंकवादीहरुको प्रमुख निसाना श्रीलंकाका चर्चहरु रहेको भन्दै सर्तक पारेको बताईएको छ । तर सरकारी अधिकारीहरुले उक्त सूचनालाई गम्भिरताका साथ नलिँदा श्रीलंकामा उक्त नरसंहार भएको भनी आलोचना भईरहेको छ ।-एजेन्सीको सहयोगमा