२०८३, २ जेष्ठ शनिबार
×

ट्रेन्डिङ

रियल जानेबारे एमबाप्पेले दिए यस्तो प्रतिक्रिया

1001 Shares
Spread the love

एजेन्सी– पेरिस सेन्ट जर्मेनका स्टार खेलाडी कायलिन एमबाप्पेले नयाँ सिजनमा स्पेनिस पावर हाउस रियल म्याड्रिडसँग अनुबन्ध हुने समाचारलाई अस्वीकार गरेका छन् ।

आइतबार पूर्व क्लब मोनाकाविरुद्ध ह्याट्रिक गरेपछि सोधिएको प्रश्नमा उनले सो कुरा बताएका हुन् । २० वर्षी खेलाडीले ह्याट्रिक पूरा गर्दा पीएसजी ३–१ ले विजयी बन्यो ।

पीएसजीले आइतबार नै उपाधिमाथि कब्जा गरेको दिन पनि हो । लिले टोलुसेसँग बराबरीमा रोकिएपछि पएएसजी लिग च्याम्पियन बनेको हो ।

यता, रियलमा जिनेदिन जिदानको पुनारागमनसँगै एमबाप्पे रियल जान्ने हल्ला चल्न थालेको छ ।

यसबारे एमबाप्पले भने, ‘म हाँ छु । एउटा परियोजनाको हिस्सा छु,’ क्यानल प्लससँग कुरा गर्दै एमबाप्पेले भने, ‘जिजु फर्कदा रियललाई राम्रो हो तर म समर्थक बनेर बाहिरबाट हेरिरहेको हुन्छु ।’

ह्याट्रिकसँगै एमबाप्पले यो सिजन लिगमा ३० गोल गरिसकेका छन् ।

प्रतिक्रिया