२०८३, ११ असार बिहीबार
×

ट्रेन्डिङ

प्रधानमन्त्रीलाई कालो झण्डा देखाउने प्रहरी हिरासतमा , कांग्रेसद्वारा रिहाईको माग

1087 Shares
Spread the love

बैशाख ९ – बुटवलमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाउने रुद्रप्रसाद घिमिरे हिरासतमा रहेका छन् । जितगढीमा ५ तहको सुरक्षा घेरा तोडेर प्रधानमन्त्रीलाई कालो झण्डा देखाएका घिमिरेमाथि प्रहरीले मुद्धा चलाएर कारवाही प्रक्रिया अगाडी बढाएको भन्दै कांग्रेसले बिरोध गरेको छ । आज बसेको प्रदेश सभा बैठकमा कांग्रेसका प्रदेशसभा सदस्य डिल्ली चौधरीले प्रजातन्त्रमा कसैको बिरोध गर्नु सामान्य भएको भन्दै उनको रिहाईको माग गरे ।

चौधरीलाई प्रधानमन्त्रीलाई कालो झण्डा देखाउनु ठुलो अपराध नभएको भन्दै गृहमन्त्रीको ध्यानार्कषण गराए । यसैगरी कांग्रेसकै प्रदेशसभा सदस्य निर्मला क्षेत्रीले पनि तत्कालिन प्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइरालालाई पनि भैरहवामा कालो झण्डा देखाउँदा मुसुक्क हाँसेर बिरोध गर्न दिएको बताउँदै लोकतन्त्रमा बिरोध र समर्थन गर्ने अधिकार सबैलाई भएको बताउँदै उनले घिमिरेको रिहाईको माग गरिन् ।

प्रतिक्रिया