२०८३, १० कार्तिक सोमबार
×

श्रीलंका बिस्फोटपछि झस्कियो भारत , चर्चहरुमा बढायो सुरक्षा सतर्कता

1134 Shares

दिल्लीमा हाइअलर्ट जारी

बैशाख ९ – श्रीलंकामा हिजो भएको ८ वटा आतंककारी हमलापछि भारत फेरी झस्किएको छ । श्रीलंकामा भएको उक्त आत्मघाती बम बिस्फोटमा हालसम्म २९० जनाको मृत्यु भईसकेको छ । आतंककारीहरुले इस्टर पर्वका लागि प्रार्थना भईरहेको चर्च तथा स्टार होटलहरुमा गरेको बम बिस्फोटपछि भारत झस्किएको हो । बिस्फोटनपछि त्यहाँका अधिकारीहरुले आक्रमणको पूर्व सूचना भएको , चर्च तथा होटलहरु र श्रीलंकामा रहेका भारतीय अधिकारीहरु टार्गेटमा रहेको भन्ने खुलासा गरेपछि भारत झस्किएको हो । केही समय अगाडी पुलावमामा आक्रमणपछि भारतले चुनावमा बढि ध्यान दिईरहँदा श्रीलंकाको आक्रमणपछि उसले पनि आफनो देशभर रहेको चर्चहरुमा सुरक्षासर्तकता बढाएको छ ।

बिषेशगरी दिल्लीको तमाम धार्मिक स्थल , होटल तथा गेस्ट हाउसहरुमा सुरक्षा बढाईएको छ । दिल्लीमा हाइअलर्ट जारी गर्दे धार्मिक स्थलहरुमा अत्याधुनिक हातहतियार सहित प्रहरी तैनाथ गरिएको छ । बिषेशगरी चर्चमा सुरक्षा बढाईएको छ । चर्च भित्र र बाहिर प्रहरी तैनाथ रहेका छन् भने सिसिटिभी पनि जडान गरिएको छ । प्रहरीले चर्चमा आउने व्यक्तिहरुमाथि पनि निगरानी बढाएको छ । प्रहरीले रेल स्टेशन , मेट्रो स्टेशन , एयरपोर्ट लगायतका आवतजावत हुने स्थानहरुमा प्रहरीले गस्तीसमेत गर्न थालेको छ । प्रहरीसंगै सेनाहरुले पनि ती स्थानहरुमा सुरक्षासतर्कता अपनाईरहेको छ ।-एजेन्सीको सहयोगमा

प्रतिक्रिया