२०८३, ११ असार बिहीबार
×

ट्रेन्डिङ

“युवाको भावनालाई प्रतिनिधित्व गर्ने गरी पार्टीको सङ्गठन विस्तार गर्नुपर्छ”– नेतृ कोइराला

1586 Shares
Spread the love

पोखरा– नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइरालाले सरकार सहमति, सहकार्य र एकताबाट अघि बढ्न नसकेको आरोप लगाएकी छिन् ।

नेपाल प्रेस युनियन कास्कीद्वारा शनिवार पोखरामा आयोजित पत्रकार सम्मेलनमा नेतृ कोइरालाले सहकार्यको अभावमा सरकार विकास निर्माणलगायतका काममा सफल बन्न नसकोको दाबी गरिन् ।

पूर्व उपप्रधानमन्त्रीसमेत रहेकी नेतृ कोइरालाले कांग्रेसलाई कमजोर बनाउनुमा पार्टी नभई व्यक्ति दोषी भएको उल्लेख गर्दै पार्टी बचाउनका लागि सबैको सामूहिक प्रयास आवश्यक हुने बताइन् ।

एउटा चुनाव हार्दैमा मनोबल कमजोर बनाउनु नहुने बताउँदै उनले भनिन् “पार्टीलाई सङ्गठित बनाएर लैजानुपर्छ ।” देशका ८० प्रतिशत युवाको भावनालाई प्रतिनिधित्व गर्ने गरी पार्टीको सङ्गठन विस्तार गर्नुपर्नेमा उनको जोड थियो ।

प्रतिक्रिया