आक्रमणकारीले श्रीलंकाको राजधानी कोलम्बोसहित नेगम्बो र बट्टिकोलामा एकसाथ आक्रमण गरेका थिए ।
श्रीलंकाली अनलाईन पत्रिका डेली मेलले आक्रमणबाट मर्नेको संख्या १ सय ३८ पुगेको जनाएको छ । नेशनल हस्पिटलका निर्देशक अनिल जासिङ्हालाई उदृत गर्दै डेलि मिररले १ सय ३८ जनाको मृत्यु भएको उल्लेख गरेको छ ।
जसअनुसार कोलम्बोमा ४९, नेगम्बोमा ६२ र बट्टिकोलामा २७ जनाको ज्यान गएको डेली मेलले लेखेको छ ।
श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमसिङ्घेले आक्रमणको निन्दा गरेका छन् । साथै सबैलाई शान्त रहन उनको आग्रह छ ।
बम आक्रमणपछि श्रीलंकाली सरकारले सोमबार र मंगलबार सार्वजनिक विद्यालय बन्द गर्ने निर्णय गरेको छ । साथै विमानस्थल र अन्य संवेदनशील स्थानहरुमा सुरक्षा व्यवस्था कडा बनाइएको स्थानीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
स्थानीय अधिकारीले ईसाई धर्मावलम्बीलाई लक्षित गरी बम आक्रमण गराइएको प्रतिक्रिया दिएका छन् । यद्यपि आक्रमणको जिम्मा भने कुनै पनि संगठन लिएको छैन ।